युवा लोकदोहोरी प्रतियोगितामा प्रकाश र मिना प्रथम, प्रदिप र स्मृति दोस्रो

२६ श्रावण २०७८, मंगलवार २०:२४
Featured Video Play Icon

मकवानपुर, २६ साउन । ‘राष्ट्रिय युवा लोकदोहोरी प्रतियोगिता २०७८’ मा चर्चित गायक प्रकाश पराजुली र गायिका मिना बुढाथोकी प्रथम भएका छन् । राष्ट्रिय युवा परिषदले आयोजना गरेको प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै प्रकाश र मिनाले ७० हजार नगद प्राप्त गरेका छन् ।

दोहोरी च्याम्पियनको उत्कृष्ट ८ मा पुगेका चर्चित जोडी हुन् प्रकाश पराजुली र मिना बुढाथोकी । उनीहरु दुबै जना लाईभ दोहोरीमा चर्चित छन् ।.गायक गायिकाकै रुपमा उनीहरु चिनिएका छन् । प्रकाश स्याङ्जाका हुन् । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १२ मा जन्मिएका प्रकाश वि.सं. २०७१ सालदेखि दोहोरी गायन क्षेत्रमा सक्रिय छन् । प्रकाशसँगै जोडी बाँधेर दोहोरी भिडिरहेकी गायिका मीना बुढाथोकी दाङकी हुन् । दाङको नारायणपुर गाविस वडा नम्बर ४ मा जन्मिएकी मिनाले १ सय ५० वटा भन्दा बढी प्रतियोगिताहरुमा प्रतिस्पर्धा गरिसकेकी छिन् ।

प्रतियोगितामा गायक प्रदिप रोका र गायिका स्मृति गौतम द्वित्तिय भएका छन् । गायक रोकाले समय सान्दर्भिक विषयवस्तुमा दोहोरी गाउँदा आफुहरु द्वित्तिय भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । प्रतियोगितामा मिरा गोर्खाली र चीज गुरूङको जोडी तृतीय तथा विजय बानियाँ र सपना रोकाको जोडी सान्त्वना भएका छन् । उनीहरुले क्रमश नगद ४० हजार, २५ हजार र १० हजार प्राप्त गरेका छन् । यी गायक गायिकाहरुमध्ये केही गायक गायिकाहरु दोहोरी च्याम्पियनमा पनि भिडिरहेका छन् । प्रतियोगितामा बमबहादुर कार्की, राजु परियार, शिला आले, उमा श्रेष्ठ, कमल सौराग, अमृत खाती र बैकुण्ठ महतले निर्णायकको भूमिका निभाएका थिए । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*