कल्पना दाहाल र राजेन्द्र पाठकको कडा दोहोरी भिडन्त

२६ श्रावण २०७८, मंगलवार २०:१९
Featured Video Play Icon

मकवानपुर, २६ साउन । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट ८ का लागि छैटौँ दोहोरी भिडन्त यही शनिबार हुँदैछ । शनिबार प्रदिप रोका र कल्पना दाहालसँग मिना नेपाल र राजेन्द्र पाठकले दोहोरी भिड्दैछन् । यसैबिच दोहोरी च्याम्पियन टिमले शनिबारका लागि एउटा प्रोमो सार्वजनिक गरेको छ । सार्वजनिक प्रोमोमा कल्पना दाहाल र राजेन्द्र पाठकको कडा दोहोरी भिडन्त देख्न सकिन्छ । सुरुमा कल्पनाले राजेन्द्रलाई उनको बाख्राका बारेमा आरोप लगाउँछिन् । चोर बाख्राको गोठालोको रुपमा कल्पनाले राजेन्द्रलाई सवाल तेस्र्याएकी छिन् ।

कल्पनाको आरोपमुलक सवालमा राजेन्द्रले पनि मज्जाको जवाफ फर्काउँछन् । राजेन्द्रले घरधनीले देख्नुभन्दा पहिला नै बाख्रा धपाउँछु भन्दै गज्जबको जवाफ फर्काएका छन् । उनीहरुको दोहोरी सुन्दा सायद गोठालो जाँदाका विषयमा उनीहरुको दोहोरी भिडन्त परेको हो कि जस्तो अनुमान लाउन सकिन्छ ।

यी दुबै टिमले यसअघिको दोहोरी भिडन्तका क्रममा दर्शक र निर्णायकहरुबाट प्रशंसा पाएका थिए । शनिबार उनीहरुको प्रस्तुति पश्चात निर्णायकहरुले दिएको अंकबाट ५० प्रतिशत र ५० प्रतिशत दर्शक भोटको आधारमा अर्को शनिबार रिजल्ट हुनेछ । यी दुबै जोडीहरु गायक गायिकाकै रुपमा चिनिएका र लाईभ दोहोरीमा दर्शकहरुको मन जित्न सफल जोडीहरु हुन् । चर्चाको शिखरमा रहेका यी दुबै टिम दर्शकमाझ निक्कै लोकप्रिय छन् । दुबै टिम बलियो भएकोले एकअर्कालाई पछि पार्न यो जोडीहरुले दमदार दोहोरी भिडन्त गर्नेछन् । कल्पना र प्रदिपले उत्कृष्ट २४ को दोहोरी भिडन्तका क्रममा सर्वाधिक अंक प्राप्त गरेका थिए । मिना र राजेन्द्र वाईल्ड कार्डमार्फत पून दोहोरी भिडन्तमा फर्किएका हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*