निःशुल्क कोरोना खोपको लागि फारम भर्ने तरिका

२६ श्रावण २०७८, मंगलवार २०:१२
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, २६ साउन । नेपाल सरकारले अहिले नेपालका विभिन्न स्थानमा कोरोना भ्याक्सिन निःशुल्क रुपमा प्रदान गरिरहेको छ । कोरोनाको भ्याक्सिन लगाउन अहिले अनलाईनमा फाराम भर्ने व्यवस्था मिलाइएको छ । यो फाराम भरेपछि प्राप्त हुने दर्ता नम्बर लिएर खोप कार्यक्रम सुरु भएको समयमा खोप केन्द्रमा जाँदा अहिले सहजै कोरोनाको खोप लाउन पाईन्छ ।

यदि तपाई पनि कोरोनाको खोप लगाउन चाहानुहुन्छ भने तपाईको नागरिकता बोकेर आफु बसिरहेको वडाको वडा कार्यालयमा गएर बुझ्न सक्नुहुन्छ । कतिपय वडाले वडा कार्यालयमै अनलाईन फाराम भरेर कोरोनाको खोप लगाउने व्यवस्था पनि गरेको छ । तर तपाई फाराम भरेर सिधै फाराम प्रिन्ट गरेर अथवा मोबाईलमा फारामको पिडिएफ फाईल लिएर खोप केन्द्रमा जानुभयो भने अझ सहज हुन्छ । तपाईसँग प्रिन्ट गर्ने सुविधा छैन भने मोबाईलमा फाराम देखाएर त्यहाँबाट दर्ता नम्बर देखाउन सक्नुहुन्छ । कसरी भर्ने त कोरोना भ्याक्सिनको लागि फारम ? आउनुहोस् यो सजिलो तरिका सिकौँ । हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*