राजु केसीको यस्तो दमदार दोहोरी भिडन्त

२५ श्रावण २०७८, सोमबार ११:४६
Featured Video Play Icon

मकवानपुर, २५ साउन । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट ८ का लागि भएको पाँचौँ दोहोरी भिडन्त निक्कै दमदार रह्यो । पाँचौँ दोहोरी भिडन्तमा राजु केसी र डिला बिकसँग बबिता बानियाँ जेरी र शंकर क्षेत्रीले दोहोरी भिडन्त गरेका थिए । हुन त यी दुबै जोडीहरु दिइएको विषयवस्तुमा गहिरिएर जान सकेनन् तर त्यसका बावजुद पनि दोहोरी भिडन्त यत्ति दमदार भयो कि निर्णायकहरुले गायक राजु केसीलाई फाईभ स्टार दिएर अर्को तहल्का मच्चाएका छन् ।

निर्णायकहरुले विशेष गरी राजुको दमदार दोहोरी भिडन्तको निक्कै प्रशंसा गरेका थिए । राजुलाई निर्णायक रमेश बिजी र चन्द्र शर्माले फाईभ–फाईभ स्टार प्रदान गरेका थिए । त्यस्तै उनलाई निर्णायक प्रजापति पराजुलीले फो स्टार र सिता थापाले थ्री स्टार प्रदान गरेका थिए । डिलालाई निर्णायक चन्द्र शर्माले फो स्टार र अन्य निर्णायकहरुले थ्री स्टार प्रदान गरेका थिए । त्यस्तै शंकरलाई निर्णायक चन्द्र शर्माले फो स्टार र अन्य निर्णायकहरुले थ्री स्टार प्रदान गरेका थिए । जेरीलाई पनि निर्णायक चन्द्र शर्माले फो स्टार र अन्य निर्णायकहरुले थ्री स्टार प्रदान गरेका थिए । स्टारहरुका आधारमा निर्णायकहरुले राजुलाई निक्कै मनपराएको देखिन्छ ।

यी दुबै टिमले यसअघिको दोहोरी भिडन्तका क्रममा दर्शक र निर्णायकहरुबाट प्रशंसा पाएका थिए । शनिबार उनीहरुको प्रस्तुति पश्चात निर्णायकहरुले दिएको अंकबाट ५० प्रतिशत र ५० प्रतिशत दर्शक भोटको आधारमा अर्को शनिबार रिजल्ट हुनेछ । यी दुबै जोडीहरु गायक गायिकाकै रुपमा चिनिएका र लाईभ दोहोरीमा दर्शकहरुको मन जित्न सफल जोडीहरु हुन् । चर्चाको शिखरमा रहेका यी दुबै टिम दर्शकमाझ निक्कै लोकप्रिय छन् । दुबै टिमलाई दर्शकहरुले दोहोरी च्याम्पियनकै विजेता दाबेदारका रुपमा चर्चा गर्ने गरेका छन् । तर यी दुबै जोडी मध्ये एउटा मात्र जोडी अगाडि बढ्नुपर्ने अवस्था पनि कायमै छ । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*