अस्मिता डल्लाकोटी र जीवन सिग्देलको दमदार जीत

२५ श्रावण २०७८, सोमबार ११:२४
Featured Video Play Icon

मकवानपुर, २५ साउन । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट १६ छनौटपछिको चौथो दोहोरी भिडन्त अस्मिता डल्लाकोटी र जीवन सिग्देलले जितेका छन् । जीवन र अस्मिताले प्रतियोगिताका अर्का चर्चित टिम पवित्रा मगर र वसन्त बिकको जोडीसँग दोहोरी भिडेका थिए । गत शनिबार भएको दोहोरी भिडन्त पश्चात निर्णायकले दिएको मत र दर्शक भोटका आधारमा अस्मिता र जीवनलाई विजेता घोषणा गरिएको हो । नतिजा सार्वजनिक भएसँगै एउटा बलियो जोडी शोबाट बाहिरिएको छ । जीवन र अस्मिता उत्कृष्ट ८ मा प्रवेश गर्ने चौथो जोडी बन्न सफल भएका छन् । अस्मितालाई निर्णायक रमेश बिजीले फाईभ स्टार र अन्य निर्णायकहरुले फो स्टार प्रदान गरेका थिए । त्यस्तै जीवनलाई सबै निर्णायकहरुले फो स्टार प्रदान गरेका थिए ।

दोहोरी च्याम्पियनको उत्कृष्ट ८ मा पुगेका चौथो जोडी हुन् अस्मिता डल्लाकोटी र जीवन सिग्देल । यसअघि उनीहरु वाईल्ड कार्डमार्फत उत्कृष्ट १६ मा प्रवेश गरेका थिए । उनीहरुले उत्कृष्ट २४ को दोहोरी भिडन्तका क्रममा निर्णायकहरुबाट जम्मा ४६० अंक प्राप्त गर्दै ०.५ अंकको झिनो अन्तरमा हार व्यहोरोका थिए । यो दोहोरी च्याम्पियनकै सर्वाधिक कम अन्तरमा हारजीत भएको दोहोरी भिडन्त थियो । फिजिकल अडिसनदेखि नै निक्कै चर्चामा रहेका अस्मिता र जीवन लाईभ दोहोरीमा चर्चित छन् । उनीहरु चर्चित दोहोरी गायक गायिका पनि हुन् । दोहोरी च्याम्पियनबाट थप चर्चित बनेकी अस्मिता डल्लाकोटी धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जोगीमाराकी हुन् । हाल चितवनमा बस्दै आएकी अस्मिता हजुरबुवा, हजुरआमा, बुवाआमा, दाईदिदी र भाइसँगै बस्दै आएकी छिन् । विद्यालयमा पढ्दाको समयमा नै संगीतमा रुचि राखेकी अस्मिता दोहोरी क्षेत्रमै लागेको करिब ६ वर्ष भईसकेको छ । गायन क्षेत्रमा लाग्न आफ्नै फुपु जुना डिसीबाट राम्रो साथ पाएकी उनी विभिन्न प्रतियोगितामा सहभागी हुँदै दोहोरी च्याम्पियनमा भिड्न आईपुगेकी हुन् ।

अस्मितासँगै जोडी बाँधेर दोहोरी भिडिरहेका जीवन सिग्देल स्याङ्जाको हरिनाश गाउँपालिका वडा नम्बर ३ निवासी हुन् । बुवा शंकर सिग्देल र आमा भगवती कोईरालाबाट जन्मिएका जीवन २०७२ सालदेखि लोकदोहोरी संगीतको क्षेत्रमा लागेका हुन् । वि.सं. २०७२ सालमा एसएलसी सकाएर गायन क्षेत्रमा लागेका उनलाई गायन क्षेत्रमा लागिरहन उनको घरपरिवार र आफन्तले राम्रो साथ दिएको उनी सम्झन्छन् । विभिन्न प्रतियोगिताहरुमा सहभागी भएर अगाडि बढेका जीवनले धेरै पटक हार र जीतको सामना पनि गरेका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*