किरण गजमेरले जिते भोईस अफ नेपाल सिजन ३

२४ श्रावण २०७८, आईतवार ०८:१८

मकवानपुर, २४ साउन । द भोईस अफ नेपाल सिजन ३ को विजेता किरण गजमेर बनेका छन् । फाईनलमा पुगेका तारा श्रीष मगर, आर्यन तामाङ र ज्वाला राईलाई पछि पार्दै किरणले जित हासिल गरेका हुन् । किरणले जीत हासिल गरेसँगै २५ लाख रुपैयाँ नगद पुरस्कार सहित अन्य पुरस्कारहरु जितेका छन् । किरणले उत्कृष्ट ११ को प्रस्तुतिका क्रममा पफोमर अफ द डे अवार्ड जितेका थिए । उनले लाईभ शोमा उत्कृष्ट ११ को छनौटको क्रममा र उत्कृष्ट ८ को छनौटको क्रममा गरी २ पटक बटम थ्रीको सामना गरेका थिए ।

किरणले कोच प्रमोदको टिमबाट जित हासिल गरेका हुन् । टिम प्रमोदको टिमबाट यसअघि सिजन २ मा राम लिम्बुले जित हासिल गरेका थिए । २३ वर्षीय किरण बिगत १२ वर्षदेखि अमेरिकामै बसिरहेका छन् । अडिसनकै लागि नेपाल आएका किरण साँगितिक दुनियाँमै चर्चामा छन् । नेपाली मुलको भुटानी शरणार्थी रहेका किरण आफु जन्मिएर हुर्किएको घरबाट विस्थापित भईसकेको भएता पनि नेपाललाई माया गर्छन् । शरणार्थी शिविरमै हुर्किएका किरणले सानैदेखि संघर्षपूर्ण जिन्दगी जिउन सिकेका छन् । सानैदेखि गीत गाउन थालेका किरण अहिले चर्चाको शिखरमा छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*