दोहोरी भिडन्तमा यो हप्ता यस्तो धमाका

२३ श्रावण २०७८, शनिबार १७:२३
Featured Video Play Icon

मकवानपुर, २३ साउन । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट ८ का लागि यो साता पाँचौँ दोहोरी भिडन्त हुँदैछ । पाँचौँ दोहोरी भिडन्तमा राजु केसी र डिला बिकसँग बबिता बानियाँ जेरी र शंकर क्षेत्रीले दोहोरी भिड्दैछन् । दोहोरी च्याम्पियनकै विजेताका रुपमा हेरिएको यो दुई टिमको दोहोरी भिडन्त निक्कै रोचक हुने प्रोमोबाटै देखिएको छ । पछिल्लो पटक सार्वजनिक भएको प्रोमोले पनि यो एपिसोडमा निक्कै धमाका हुने देखिन्छ । कार्यक्रममा यो साता विशेष अतिथिका रुपमा आदरणीय नन्दकृष्ण जोशी आउँदै हुनुहुन्छ ।

यसअघि नै दोहोरी च्याम्पियनले बबिता बानियाँ जेरी र राजु केसीको दोहोरी भिडन्तको प्रोमो पनि सार्वजनिक गरेको थियो । जसमा उनीहरु दुबैको चर्काचर्की नै परेको देखिन्छ । यो प्रोमो सार्वजनिक भएपछि कतिपय दर्शकहरुले जेरीको कडा शब्दको आलोचना गरेका छन् भने राजुको सालिनताको प्रशंसा गरेका छन् ।

यी दुबै टिमले यसअघिको दोहोरी भिडन्तका क्रममा दर्शक र निर्णायकहरुबाट प्रशंसा पाएका थिए । शनिबार उनीहरुको प्रस्तुति पश्चात निर्णायकहरुले दिएको अंकबाट ५० प्रतिशत र ५० प्रतिशत दर्शक भोटको आधारमा अर्को शनिबार रिजल्ट हुनेछ । यी दुबै जोडीहरु गायक गायिकाकै रुपमा चिनिएका र लाईभ दोहोरीमा दर्शकहरुको मन जित्न सफल जोडीहरु हुन् । चर्चाको शिखरमा रहेका यी दुबै टिम दर्शकमाझ निक्कै लोकप्रिय छन् । दुबै टिम बलियो भएकोले एकअर्कालाई पछि पार्न यो जोडीहरुले दमदार दोहोरी भिडन्त गर्नेछन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*