जेरी र राजुको दोहोरीमै चर्काचर्की

२१ श्रावण २०७८, बिहीबार १३:४५
Featured Video Play Icon

मकवानपुर, २१ साउन । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ मा यो साता शोकै विजेता हुने अनुमान गरिएका दुई जोडीहरुबिच दमदार दोहोरी भिडन्त हुँदैछ । यो साता राजु केसी र डिला बिकसँग बबिता बानियाँ जेरी र शंकर क्षेत्रीले प्रतिस्पर्धा गर्दैछन् । यसैबिच दोहोरी च्याम्पियनले सार्वजनिक गरेको पछिल्लो प्रोमोबाट पनि यो दोहोरी भिडन्त निक्कै दमदार हुने देखिएको छ । सार्वजनिक भएको प्रोमोमा बबिता बानियाँ जेरी र राजु केसीको कडा दोहोरी भिडन्त परेको देखिन्छ । सुरुमा जेरीले राजुलाई कडा शब्द प्रहार गर्छिन् । आफु कुनै पनि हालतमा विवाह नगर्ने बताउँदै जेरीले राजुसँग चर्काचर्की नै गर्छिन् । उनको कडा शब्दवाणले दर्शकहरुमा हाँसो गुञ्जिन्छ ।

जेरीले कडा शब्दले प्रहार गरेपछि राजुले पनि उनलाई त्यस्तै कडा जवाफ फर्काउँछन् । राजुले आफु कुनै पनि हालतमा विवाह गर्न राजी नभएको बताउँछन् । राजु र जेरीको यो कडा चर्काचर्कीले यी दुई जोडीहरुबिच कडा टक्कर हुने देखिएको छ । यी दुबै टिमले यसअघिको दोहोरी भिडन्तका क्रममा दर्शक र निर्णायकहरुबाट प्रशंसा पाएका थिए । शनिबार उनीहरुको प्रस्तुति पश्चात निर्णायकहरुले दिएको अंकबाट ५० प्रतिशत र ५० प्रतिशत दर्शक भोटको आधारमा अर्को शनिबार रिजल्ट हुनेछ । यी दुबै जोडीहरु गायक गायिकाकै रुपमा चिनिएका र लाईभ दोहोरीमा दर्शकहरुको मन जित्न सफल जोडीहरु हुन् । दुबै टिम बलियो भएकोले एकअर्कालाई पछि पार्न यो जोडीहरुले दमदार दोहोरी भिडन्त गर्नेछन् । यी दुई टिममध्ये एउटा मात्र टिम उत्कृष्ट ८ मा प्रवेश गर्नेछ । हेर्नुहोस् दोहोरी भिडन्त–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*