दोहोरी च्याम्पियनमा नयाँ रेकर्ड

२१ श्रावण २०७८, बिहीबार १३:४०
Featured Video Play Icon

मकवानपुर, २१ साउन । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ मा नयाँ रेकर्ड कायम भएको छ । उत्कृष्ट ८ का लागि भएको चौथो दोहोरी भिडन्तमा हालसम्मकै सबैभन्दा बढी स्टार प्रदान गरिएको छ भने दोहोरी च्याम्पियनको हालसम्मकै उत्कृष्ट दोहोरीका रुपमा यस दोहोरी भिडन्तलाई चित्रण गरिएको छ । चौथो दोहोरी भिडन्तमा जीवन सिग्देल र अस्मिता डिसीसँग पवित्रा मगर र वसन्त बिकले दोहोरी भिडेका थिए । दोहोरीको पहिलो चरणमा वसन्त बिक र अस्मिता डिसीले एकअर्कासँग दोहोरी भिडेका थिए । जुन दोहोरीले सबैलाई रुवाएको थियो । उनीहरुको दोहोरी भिडन्त पश्चात निर्णायक रमेश बिजीले अस्मिता र वसन्तलाई दोहोरी च्याम्पियनको ईतिहासमै पहिलो पटक फाईभ स्टार प्रदान गरेका थिए । उनीहरुको दोहोरी भिडन्त विषयवस्तु अनुसार कायम रहेको र उत्कृष्ट भएको भन्दै वसन्त र अस्मितलाई निर्णायक बिजीले दुबै जनालाई फाईभ स्टार प्रदान गरेका हुन् ।

निर्णायक, दर्शक र सहभागी प्रतियोगीका साथमा विशेष अतिथिलाई पनि रुवाएको यो दोहोरी भिडन्त हालसम्मकै उत्कृष्ट रहेको दर्शकहरुले पनि प्रतिक्रिया दिईरहेका छन् । निर्णायक रमेश बिजीले वसन्तलाई फाईभ स्टार, प्रजापति पराजुलीले ३ स्टार तथा अन्य निर्णायकहरुले फो स्टार दिएका थिए । त्यस्तै अस्मितलाई निर्णायक रमेश बिजीले फाईभ स्टार र अन्य निर्णायकहरुले फो स्टार प्रदान गरेका थिए ।

अस्मिता र वसन्त पछि जीवन र पवित्रा दोहोरीमा भिडेका थिए । वसन्त र अस्मिताले भावुक बनाएको माहोललाई पवित्रा र जीवनले निक्कै रमाईलो बनाएका थिए । उनीहरुको दोहोरी भिडन्त पनि अहिलेसम्मकै उत्कृष्ट भएको दर्शक र निर्णायकहरुले प्रतिक्रिया दिएका छन्

जीवनलाई सबै निर्णायकहरुले फो स्टार प्रदान गरेका थिए । त्यस्तै पवित्रालाई निर्णायक प्रजापति पराजुलीले थ्री स्टार र अन्य ३ जना निर्णायकहरुले फो स्टार प्रदान गरेका थिए । स्टारहरुका आधारमा यो साता अस्मिता र वसन्तलाई निर्णायकहरुले सर्वाधिक रुचाएको देखिएको छ । यी दुबै टिमले निर्णायकहरुबाट गोप्य अंक पनि प्राप्त गरिसकेका छन् । उनीहरुले निर्णायकहरुबाट प्राप्त गरेको अंक र दर्शक भोटका आधारमा अर्को साता यी दुई प्रतियोगीहरुमध्ये उत्कृष्ट ८ मा पुग्ने चौथो प्रतियोगी जोडी घोषणा गरिनेछ । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*