प्रकाश पराजुली र मिना बुढाथोकीले जिते दोहोरी भिडन्त

१८ श्रावण २०७८, सोमबार ०७:३५
Featured Video Play Icon

मकवानपुर, १८ साउन । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट ८ का लागि तेस्रो जोडी छानिएका छन् । गत साता दोहोरी भिडेका प्रकाश पराजुली र मिना बुढाथोकी तथा संगीना थापा र दिलिप थापामध्ये प्रकाश पराजुली र मिना बुढाथोकीको जोडी उत्कृष्ट ८ का लागि छानिएका छन् । यी दुबै टिमले दोहोरी भिडन्तका क्रममा दर्शक र निर्णायकहरुबाट प्रशंसा पाएका थिए । उनीहरुको प्रस्तुति पश्चात निर्णायकहरुले दिएको अंकबाट ५० प्रतिशत र ५० प्रतिशत दर्शक भोटको आधारमा शनिबार रिजल्ट भएको हो । गत साता यी दुबै जोडीहरुलाई निर्णायकहरुले गोप्य मतका साथमा स्टार पनि दिएका थिए । प्रकाशलाई निर्णायक चन्द्र शर्माले थ्री स्टार र बाँकी ३ जना निर्णायकहरुले फो स्टार दिएका थिए । त्यस्तै मिनालाई सबै निर्णायकहरुले फो स्टार दिएका थिए । दिलिपलाई सबै निर्णायकहरुले थ्री स्टार तथा संगिनालाई निर्णायक प्रजापति पराजुली र रमेश बिजीले थ्री स्टार, सिता थापाले फो स्टार र चन्द्र शर्माले टु स्टार दिएका थिए । यी स्टारहरुका आधारमा हेर्दा प्रकाश र मिना बलिया देखिएकी थिए । निर्णायकहरुले मिनालाई सर्वाधिक स्टार दिएका थिए । प्रकाश र मिना उत्कृष्ट ८ मा प्रवेश गरेसँगै संगिना र दिलिप शोबाट बाहिरिएका छन् ।

दोहोरी च्याम्पियनको उत्कृष्ट ८ मा पुगेका तेस्रो जोडी हुन् प्रकाश पराजुली र मिना बुढाथोकी । यसअघि उत्कृष्ट २४ को दोहोरी भिडन्तका क्रममा उनीहरुले निर्णायकहरुबाट जम्मा ५६८ अंक प्राप्त गर्दै ७ अंकको अन्तरमा दोहोरी भिडन्त जितेका थिए । उनीहरु दुबै जना लाईभ दोहोरीमा चर्चित छन् ।.गायक गायिकाकै रुपमा उनीहरु चिनिएका छन् । प्रकाश स्याङ्जाका हुन् । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १२ मा जन्मिएका प्रकाश वि.सं. २०७१ सालदेखि दोहोरी गायन क्षेत्रमा सक्रिय छन् । सानैदेखि गीत गाउन रुचाउने प्रकाशले मेलापात र पूजापाठमा भजन गाउँदै गायन क्षेत्रमा पाईला टेकेका हुन् ।

प्रकाशसँगै जोडी बाँधेर दोहोरी भिडिरहेकी गायिका मीना बुढाथोकी दाङकी हुन् । दाङको नारायणपुर गाविस वडा नम्बर ४ मा जन्मिएकी मिनाका बुवा ईमानसिंह बुढाथोकी र आमा सितामाया बुढाथोकी हुन् । सानैदेखि गीत गाउन सिपालु मिना विद्यालयसँगै गाउँघरमा हुने विभिन्न कार्यक्रमहरुमा पनि सहभागी हुन्थिन् । गीत गाउँदै जाने क्रममा उनले १ सय ५० वटा भन्दा बढी प्रतियोगिताहरुमा प्रतिस्पर्धा गरेको उनी बताउँछिन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*