कोच प्रमोदको टिमबाट किरण गजमेर फाईनलमा

१६ श्रावण २०७८, शनिबार २१:०३

मकवानपुर, १६ साउन । द भोईस अफ नेपाल सिजन ३ को फाईनलमा कोच प्रमोदको टिमबाट किरण गजमेरले बाजी मारेका छन् । सेमिफाईनलमा अर्का चर्चित प्रतियोगी रवि गहतराजलाई पछि पार्दै उनी फाईनलमा पुगेका हुन् । उनले उत्कृष्ट ११ को प्रस्तुतिका क्रममा पफोमर अफ द डे अवार्ड जितेका थिए । उनले लाईभ शोमा उत्कृष्ट ११ को छनौटको क्रममा र उत्कृष्ट ८ को छनौटको क्रममा गरी २ पटक बटम थ्रीको सामना गरेका थिए ।

किरण सिजन ३ मा चारै जना कोचहरुलाई आफुतर्फ फर्काउन सफल आठौँ प्रतियोगी हुन् । उनी कोच प्रमोदको टिममा छन् । २३ वर्षीय किरण बिगत १२ वर्षदेखि अमेरिकामै बसिरहेका छन् । अडिसनकै लागि नेपाल आएका किरण साँगितिक दुनियाँमै चर्चामा छन् । नेपाली मुलको भुटानी शरणार्थी रहेका किरण आफु जन्मिएर हुर्किएको घरबाट विस्थापित भईसकेको भएता पनि नेपाललाई माया गर्छन् । शरणार्थी शिविरमै हुर्किएका किरणले सानैदेखि संघर्षपूर्ण जिन्दगी जिउन सिकेका छन् । सानैदेखि गीत गाउन थालेका किरण अहिले चर्चाको शिखरमा छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*