भोईसको फाईनलमा भिड्दै ज्वाला राई

१६ श्रावण २०७८, शनिबार २०:५८

मकवानपुर, १६ साउन । काठमाडौँका ज्वाला राई द भोईस अफ नेपाल सिजन ३ को फाईनलमा पुग्न सफल भएका छन् । सेमिफाईनलमा पुगेकी अर्की चर्चित प्रतियोगी अफ्रिता खड्गीलाई पछि पार्दै उनी फाईनलमा प्रवेश गरेका हुन् । उनले लाईभ शोमा उत्कृष्ट १० को छनौटको क्रममा पहिलो पटक बटम थ्रीको सामना गरेका थिए ।

ज्वाला कोच तृष्णाको टिममा छन् । २९ वर्षीय ज्वाला काठमाडौका हुन् । गायकका रुपमा समेत परिचय बनाईसकेका ज्वालाले सानैदेखि गायन क्षेत्र समातेका हुन् । साँगितिक परिवारमै हुर्किएका ज्वालाले विद्यालयदेखि कलेजसम्म गीत गाए । सँगीतमै लाग्ने उदेश्यले काठमाडौ छिरेका ज्वालाले सँगीत क्षेत्रमै लाग्ने कोशिस गर्दागर्दै लगभग निराशाकै सामना गर्नुपर्यो अन्तत उनी मलेसिया रोजगारका लागि गएका थिए । त्यहाँ हुँदाको समयमा नै युट्युब च्यानल खोलेर अघि बढेका उनी युट्युबमै चिनिन थाले । २ वर्षपछि नेपालमा फर्किएका ज्वाला फेरि पहिला जस्तै निराशाको अवस्थामा पुगे तर उनी फेरि सँगीतमै अगाडि बढेका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*