तारा श्रीस मगर भोईसको फाईनलमा

१६ श्रावण २०७८, शनिबार २०:५३

मकवानपुर, १६ साउन । चर्चित गायन रियालिटी शो द भोईस अफ नेपाल सिजन ३ को फाईनलमा कोच राजुको टिमबाट तारा श्रीष मगरले फाईनलका लागि बाजी मारेकी छिन् । सेमिफाईनलमा पुगेका चर्चित गायक सोनाम शेर्पालाई पछि पार्दै उनी फाईनलमा प्रवेश गरेका हुन् । उनले उत्कृष्ट ११ को प्रस्तुतिका क्रममा र उत्कृष्ट ८ को प्रस्तुतिका क्रममा पफोमर अफ द डे अवार्ड जितेकी थिईन् । उनले लाईभ शोमा एकपटक पनि बटम लाईनको सामना नगरी फाईनलमा पुगेकी हुन् ।

सर्वाधिक चर्चामा रहेकी तारा सिजन ३ मा चारै जना कोचलाई आफुतर्फ फर्काउन सफल पाँचौँ प्रतियोगी पनि हुन् । ताराको आवाज द भोईस ग्लोबलमा मार्च महिनाको उत्कृष्ट प्रस्तुतिका रुपमा छनौट हुन सफल भएको थियो । उनी भोईसको स्टेजमा भर्सटाईल गायिकाका रुपमा चिनिएकी छिन् । उनी कोच राजुको टिममा छिन् । बागलुङमा जन्मिएकी तारा जीवनको भोगाईलाई उतार्ने पानाका रुपमा संगीतलाई परिभाषित गर्छिन् । सानैमा गीत गाउन लाग्दा उनलाई परिवारबाटै अवरोध थियो । छोरी मान्छेले नाच्नु र गाउनुलाई त्यति राम्रो नमान्ने समुदायमा हुर्किएकी उनलाई पछि उनको बुवाले नै सँगीत क्षेत्रमा लाग्न मदत गरेका थिए । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*