आर्यन तामाङ भोईस अफ नेपालको फाईनलमा भिड्दै

१६ श्रावण २०७८, शनिबार २०:४४

मकवानपुर, १६ साउन । दार्जिलिङका आर्यन तामाङ द भोईस अफ नेपाल सिजन ३ को फाईनलमा पुग्ने पहिलो प्रतियोगी बन्न सफल भएका छन् । सेमिफाईनलमा पुगेका चर्चित गायक गोविन पूनलाई पछि पार्दै उनी फाईनलमा प्रवेश गरेका हुन् । उनले लाईभ शोको पहिलो एपिसोडमा पफोमर अफ द डे अवार्ड जितेका थिए । आर्यनले लाईभ राउण्डमा एकपटक पनि बटम लाईनको सामना नगरी फाईनलमा पुगेका हुन् ।

आर्यन कोच दिपको टिममा छन् । १९ वर्षीय आर्यन दार्जिलिङका हुन् । संगीत क्षेत्रमा लाग्न पनि परिवारबाट साथ पाएका आर्यनले बुवाबाट नै गीत गाउने प्रेरणा पाएका हुन् । उनी बुवाको पनि साँगितिक सपना बोकेर अगाडि बढेका छन् । उनी सुगम संगीत र मेलोडियस आवाजका कारण चिनिएका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*