जीवन सिग्देल र पवित्रा मगरको कडा दोहोरी भिडन्त

१६ श्रावण २०७८, शनिबार २०:३०
Featured Video Play Icon

मकवानपुर, १६ साउन । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट ८ का लागि चौथो दोहोरी भिडन्त यही शनिबार हुँदैछ । चौथो दोहोरी भिडन्तमा जीवन सिग्देल र अस्मिता डिसीसँग पवित्रा मगर र वसन्त बिकले दोहोरी भिड्दैछन् । दोहोरी च्याम्पियनले सार्वजनिक गरेका प्रोमोहरुसँगै यो एपिसोड निक्कै नै दमदार हुने चर्चा चलिसकेको छ । यसैबिच दोहोरी च्याम्पियन टिमले अर्को प्रोमो पनि सार्वजनिक गरेको छ जसमा जीवन सिग्देल र पवित्रा मगरको कडा दोहोरी भिडन्त परेको देखिएको छ । सुरुमा पवित्राले जीवनलाई कडा चुनौति दिँदै कटाक्ष हानेकी छिन् । जुन निक्कै दमदार सुनिन्छ । उनले जीवनलाई माखो पनि मार्दैनौँ भन्दै सवाल तेर्साएकी छिन् ।

सदैव रमाईलो दोहोरी भिडेर चर्चामा आएका जीवनले पवित्राको कटाक्षलाई रमाईलो जवाफ दिन्छन् । उनले यसको रमाईलो जवाफ दिँदै घुमाउरो पारामा पवित्रालाई विवाहको प्रस्ताव समेत राख्न भ्याउँछन् ।

पवित्रा र जिवनको यो दमदार दोहोरी भिडन्तको प्रोमो आएसँगै शनिबारको शो सर्वाधिक पर्खाईको शो बन्न सफल हुँदैछ । यसअघि नै अस्मिता र बसन्तको मार्मिक दोहोरीको प्रोमो सार्वजनिक गरेको दोहोरी च्याम्पियनले यस भागमा भने रमाईलो प्रोमो सार्वजनिक गरेको छ । यी दुबै प्रोमोहरुबाट यो शो निक्कै दमदार हुने प्रतिक्रिया दर्शकहरुले पनि दिईरहेका छन् । फिजिकल अडिसनदेखि नै निक्कै चर्चामा रहेका अस्मिता र जीवन लाईभ दोहोरीमा चर्चित छन् । उनीहरु चर्चित दोहोरी गायक गायिका पनि हुन् । जीवन स्याङ्जाका र अस्मिता धादिङकी हुन् । त्यस्तै वसन्त र पवित्रा चिनिएका गायक गायिका हुनुका साथै लाईभ दोहोरीमा पनि चर्चित छन् । बसन्त तनहुका र पवित्रा गुल्मीकी हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*