मिना वा संगीना, कुन टिमको होला जित ?

१६ श्रावण २०७८, शनिबार २०:०९
Featured Video Play Icon

मकवानपुर, १६ साउन । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट ८ का लागि तेस्रो जोडी यो हप्ता छानिँदैछ । गत साता दोहोरी भिडेका प्रकाश पराजुली र मिना बुढाथोकीका साथै संगीना थापा र दिलिप थापामध्ये एक जोडी उत्कृष्ट ८ का लागि छानिनेछन् । यी दुबै टिमले दोहोरी भिडन्तका क्रममा दर्शक र निर्णायकहरुबाट प्रशंसा पाएका थिए । उनीहरुको प्रस्तुति पश्चात निर्णायकहरुले दिएको अंकबाट ५० प्रतिशत र ५० प्रतिशत दर्शक भोटको आधारमा शनिबार रिजल्ट हुँदैछ । यी दुबै जोडीहरु गायक गायिकाकै रुपमा चिनिएका र लाईभ दोहोरीमा दर्शकहरुको मन जित्न सफल जोडीहरु हुन् । दुबै टिम बलियो भएकोले एकअर्कालाई पछि पार्न यो जोडीहरुले दमदार दोहोरी भिडन्त गरेका थिए । धेरै दर्शक श्रोताहरुले दिलिप र प्रकाश दुबै टिमलाई उत्तिकै माया गरेर कमेन्ट गर्ने गरेका छन् । कतिपय दर्शकहरुले मिना र प्रकाशले दोहोरी जित्ने बताईरहेका छन् भने कतिपयले चाहिँ दिलिपको टिम पनि बलियो भएकोले उनीहरुले दोहोरी भिडन्त जित्ने बताएका छन् । आखिर उनीहरुमध्ये कसको टिमले बाजी मार्ला त ? कृपया तपाईको विचार कमेन्टमा लेख्नुहोस् ।

गत साता यी दुबै जोडीहरुलाई निर्णायकहरुले गोप्य मतका साथमा स्टार पनि दिएका थिए । प्रकाशलाई निर्णायक चन्द्र शर्माले थ्री स्टार र बाँकी ३ जना निर्णायकहरुले फो स्टार दिएका थिए । त्यस्तै मिनालाई सबै निर्णायकहरुले फो स्टार दिएका थिए । दिलिपलाई सबै निर्णायकहरुले थ्री स्टार तथा संगिनालाई निर्णायक प्रजापति पराजुली र रमेश बिजीले थ्री स्टार, सिता थापाले फो स्टार र चन्द्र शर्माले टु स्टार दिएका थिए । यी स्टारहरुका आधारमा हेर्दा प्रकाश र मिना बलिया देखिएका छन् । निर्णायकहरुले मिनालाई सर्वाधिक रुचाएको देखिएको छ ।

दोहोरी च्याम्पियनको उत्कृष्ट १६ मा पुगेका दशौँ जोडी हुन् प्रकाश पराजुली र मिना बुढाथोकी । यसअघि उत्कृष्ट २४ को दोहोरी भिडन्तका क्रममा उनीहरुले निर्णायकहरुबाट जम्मा ५६८ अंक प्राप्त गर्दै ७ अंकको अन्तरमा दोहोरी भिडन्त जितेका थिए । उनीहरु दुबै जना लाईभ दोहोरीमा चर्चित छन् ।.गायक गायिकाकै रुपमा उनीहरु चिनिएका छन् । प्रकाश स्याङ्जाका हुन् । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १२ मा जन्मिएका प्रकाश वि.सं. २०७१ सालदेखि दोहोरी गायन क्षेत्रमा सक्रिय छन् । सानैदेखि गीत गाउन रुचाउने प्रकाशले मेलापात र पूजापाठमा भजन गाउँदै गायन क्षेत्रमा पाईला टेकेका हुन् । प्रकाशसँगै जोडी बाँधेर दोहोरी भिडिरहेकी गायिका मीना बुढाथोकी दाङकी हुन् । दाङको नारायणपुर गाविस वडा नम्बर ४ मा जन्मिएकी मिनाका बुवा ईमानसिंह बुडाथोकी र आमा सितामाया बुढाथोकी हुन् । सानैदेखि गीत गाउन सिपालु मिना विद्यालयसँगै गाउँघरमा हुने विभिन्न कार्यक्रमहरुमा पनि सहभागी हुन्थिन् । गीत गाउँदै जाने क्रममा उनले १ सय ५० वटा भन्दा बढी प्रतियोगिताहरुमा प्रतिस्पर्धा गरेको उनी बताउँछिन् ।

त्यस्तै दोहोरी च्याम्पियनको उत्कृष्ट १६ मा पुगेका चौधौँ जोडी हुन् संगिना थापा र दिलिप थापा । उनीहरु वाईल्ड कार्डमार्फत उत्कृष्ट १६ मा प्रवेश गरेका हुन् । उनीहरु वाईल्ड कार्डमार्फत छानिएका दोस्रो जोडी हुन् । यसअघि उत्कृष्ट २४ को दोहोरी भिडन्त अन्तर्गत उनीहरुले निर्णायकबाट जम्मा ५६४.५ अंक प्राप्त गर्दै ९ अंकले पराजय भोगेका थिए । फिजिकल अडिसनदेखि नै चर्चामा रहेका उनीरु लाईभ दोहोरीमा पनि चर्चित छन् । उनीहरु दोहोरीमा नाम चलेका गायक गायिका पनि हुन् । सुदुरपश्चिम कैलालीका दिलिप थापा मगर दोहोरीको त्यत्ति धेरै चर्चा नहुने जिल्लाबाट भएता पनि दोहोरी गायनमा अब्बल छन् । वि.सं. २०७३ सालदेखि काठमाडौँमै दोहोरीलाई व्यवसायिक दोहोरीका रुपमा अगाडि बढाएर उनी संघर्षरत छन् । दिलिपसँगै जोडी बाँधेर दोहोरी भिडिरहेकी संगीना थापा मगर टिकामाया फ्यालीको नामले पनि परिचित छिन् । संगीना धादिङकी हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*