बद्री र प्रितीसँग कमला, आयुशा र सचिनको कडा दोहोरी भिडन्त

१२ श्रावण २०७८, मंगलवार १७:२९
Featured Video Play Icon

मकवानपुर, १२ साउन । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट ८ का लागि भएको तेस्रो दोहोरी भिडन्त निक्कै दमदार भएको छ । तेस्रो दोहोरी भिडन्त भिडेका कलाकारका कारण मात्र नभई शोमा सहभागी भएका अतिथि कलाकारहरुका कारण पनि यो दोहोरी भिडन्त चर्चामा रह्यो । शोमा अतिथिका रुपमा पुगेकी बाल गायिकाहरु कमला घिमिरे, आयुशा गौतम र बाल कलाकार सचिन परियारले शोका संचालक बद्री पंगेनी र प्रिती आलेसँग दमदार दोहोरी भिडेका थिए । सुरुमा गायिका कमला घिमिरे र गायक बद्री पंगेनीको दोहोरी भिडन्त परेको थियो । प्रशंसाबाट सुरु भएको यो दोहोरी भिडन्त निक्कै रोमाञ्चक बनेको थियो ।

बद्री र कमलाको दमदार दोहोरीपछि बाल कलाकार सचिन परियार र गायिका प्रिति आलेकोबिचमा चर्काचर्की दोहोरी भिडन्त भयो । सचिनले दोहोरीमा निक्कै हँसाएका थिए । उनले प्रिती चाउचाउ खान मन लागेको भन्दै गायिका प्रिती आलेलाई जिस्काएका थिए । यो दोहोरी भिडन्त रमाईलोमै टुङ्गिएको थियो ।

सचिन र प्रितीको दोहोरी भिडन्तपछि अर्की गायिका आयुशा गौतम र गायक बद्री पंगेनीको बिचमा दमदार दोहोरी भिडन्त भयो । यो दोहोरी भिडन्तमा पनि आयुशा र बद्रीको कडा टक्कर परेको थियो । उनीहरुले एकअर्कालाई कटाक्ष गर्दै दमदार दोहोरी भिडेका थिए । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*