भोईसको स्टेजमा ज्वाला जस्तै चम्किँदै ज्वाला राई

१२ श्रावण २०७८, मंगलवार १७:२२

मकवानपुर, १२ साउन । द भोईस अफ नेपाल सिजन ३ को उत्कृष्ट ८ मा पुगेका चर्चित प्रतियोगी ज्वाला राई यतिखेर भोईसको फाईनल नजिक छन् । नाम जस्तै चर्चामा रहेका उनी भोईसको स्टेजमार्फत सबैको मन मुटुमा बसेका छन् । उनी अब फाईनलमा पुग्न अन्तिम भिडन्त गर्दैछन् । यसअघि उनले उत्कृष्ट ९ को प्रस्तुतिका क्रममा ‘के यो माया हो’ बोलको गीत गाएका थिए । उनले लाईभ शोमा उत्कृष्ट १० को छनौटको क्रममा पहिलो पटक बटम थ्रीको सामना गरेका थिए ।

ज्वाला कोच तृष्णाको टिममा छन् । २९ वर्षीय ज्वाला काठमाडौका हुन् । गायकका रुपमा समेत परिचय बनाईसकेका ज्वालाले सानैदेखि गायन क्षेत्र समातेका हुन् । साँगितिक परिवारमै हुर्किएका ज्वालाले विद्यालयदेखि कलेजसम्म गीत गाए । सँगीतमै लाग्ने उदेश्यले काठमाडौ छिरेका ज्वालाले सँगीत क्षेत्रमै लाग्ने कोशिस गर्दागर्दै लगभग निराशाकै सामना गर्नुपर्यो अन्तत उनी मलेसिया रोजगारका लागि गएका थिए । त्यहाँ हुँदाको समयमा नै युट्युब च्यानल खोलेर अघि बढेका उनी युट्युबमै चिनिन थाले । २ वर्षपछि नेपालमा फर्किएका ज्वाला फेरि पहिला जस्तै निराशाको अवस्थामा पुगे तर उनी फेरि सँगीतमै अगाडि बढेका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*