गायक मातृका आचार्यको ‘गुरु बन्दना’ सार्वजनिक

१२ श्रावण २०७८, मंगलवार १७:०१

मकवानपुर, १२ साउन । गायक मातृका आचार्यको ‘गुरु बन्दना’ सार्वजनिक भएको छ । गएको गुरुपूर्णिमामा सार्वजनिक भएको उक्त गुरुबन्दनाको रचना संगीता आचार्यले गरेकी हुन् । मातृकाको आवाजमा सजिएको यो गीतमा पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ ।

‘खबरी नेपाल’ को आधिकारिक युट्यूब च्यानलबाट अपलोड गरिएको गीतको भिडियो फोर क्यूब इन्टरटेन्मेन्टले निर्माण गरेको हो । गायक आचार्यले यो गुरुबन्दना समस्त गुरुवर्गमा समर्पित रहेको बताएका छन् । उनका अन्य गीतहरु पनि यस अघि नै सार्वजनिक भईसकेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*