सोनाम शेर्पा चर्चाको शिखरमा

११ श्रावण २०७८, सोमबार १९:१७

मकवानपुर, ११ साउन । द भोईस अफ नेपाल सिजन ३ मा क्याप्टेन सोनामका रुपमा चिनिएका चर्चित प्रतियोगी सोनाम शेर्पा चर्चाको शिखरमा छन् । द भोईस अफ नेपालको उत्कृष्ट ८ मा पुगेका सोनामको आवाज र उनको दमदार प्रस्तुतिहरुका कारण उनी चर्चामा आएका हुन् । उनले उत्कृष्ट ९ को प्रस्तुतिका क्रममा गायिका तारा श्रीष मगरसँग ‘कलिलो तामालाई’ बोलको गीत गाएका थिए । उनीहरुको दमदार प्रस्तुतिले दर्शकहरुलाई नचाएको थियो । उनीहरुलाई कोच राजुले स्टाण्डिङ अवेशन दिएका थिए ।

सोनाम कोच राजुको टिममा छन् । २४ वर्षीय सोनाम बौद्ध काठमाडौँका हुन् । सँगित क्षेत्रमै लागेका दाजुहरुको पदचाप पछ्याउँदै उनी सँगीत क्षेत्रमै अगाडि बढेका छन् । मनको कुरा व्यक्त गर्ने माध्यमका रुपमा सँगीतलाई ब्याख्या गर्ने सोनामले प्रेममा परेपछि संगीतलाई कम समय दिए । तर समयसँगै उनीहरु अध्ययनका क्रममा एकअर्काबाट भौगोलिक रुपमा टाढा भए । त्यसपश्चात उनी फेरि सँगीतमै फर्किए । भौगोलिक दुरीले जन्माएको पिडालाई उनले गीतका रुपमा उतारे । उनी गीत लेखनमा पनि अग्रसर छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*