तारा श्रीस मगर फाईनलको नजिक

११ श्रावण २०७८, सोमबार १९:१३

मकवानपुर, ११ साउन । द भोईस अफ नेपाल सिजन ३ की चर्चित अनि भर्सटाईल प्रतियोगी तारा श्रीस मगर फाईनलको नजिक पुगेकी छिन् । उनले अब फाईनलका लागि एउटा ईलिमिनेशन राउण्ड पार गर्नुपर्नेछ । अहिले उनी उत्कृष्ट ८ मा पुगेकी छिन् । उनले उत्कृष्ट ९ को प्रस्तुतिका क्रममा गायक सोनाम शेर्पासँगै ‘कलिलो तामालाई’ बोलको गीत गाएकी थिईन् । उनीहरुको दमदार प्रस्तुतिले दर्शकहरुलाई नचाएको थियो । उनीहरुलाई कोच राजुले स्टाण्डिङ अवेशन दिएका थिए । उनले उत्कृष्ट ११ को प्रस्तुतिका क्रममा पफोमर अफ द डे अवार्ड जितेकी थिईन् ।

सर्वाधिक चर्चामा रहेकी तारा सिजन ३ मा चारै जना कोचलाई आफुतर्फ फर्काउन सफल पाँचौँ प्रतियोगी पनि हुन् । ताराको आवाज द भोईस ग्लोबलमा मार्च महिनाको उत्कृष्ट प्रस्तुतिका रुपमा छनौट हुन सफल भएको थियो । उनी भोईसको स्टेजमा भर्सटाईल गायिकाका रुपमा चिनिएकी छिन् । उनी कोच राजुको टिममा छिन् । बागलुङमा जन्मिएकी तारा जीवनको भोगाईलाई उतार्ने पानाका रुपमा संगीतलाई परिभाषित गर्छिन् । सानैमा गीत गाउन लाग्दा उनलाई परिवारबाटै अवरोध थियो । छोरी मान्छेले नाच्नु र गाउनुलाई त्यति राम्रो नमान्ने समुदायमा हुर्किएकी उनलाई पछि उनको बुवाले नै सँगीत क्षेत्रमा लाग्न मदत गरेका थिए । उनी नकाउटबाट झनै चर्चामा आएकी छिन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*