आर्यन तामाङ फाईनलका लागि भिड्दै

११ श्रावण २०७८, सोमबार १९:०६

मकवानपुर, ११ साउन । द भोईस अफ नेपाल सिजन ३ को उत्कृष्ट ८ मा पुगेका आर्यन तामाङ फाईनलमा पुग्ने तयारी गर्दैछन् । फाईनलमा पुग्नका लागि अब उनले अन्तिम लडाई लड्नुपर्नेछ । उनले उत्कृष्ट ९ को प्रस्तुतिका क्रममा गायक गोविन पूनसँग मिलेर ‘लेकाली चोयाको डोको’ बोलको गीत गाएका थिए । उनले लाईभ शोको पहिलो एपिसोडमा पफोमर अफ द डे अवार्ड जितेका थिए ।

आर्यन कोच दिपको टिममा छन् । १९ वर्षीय आर्यन दार्जिलिङका हुन् । संगीत क्षेत्रमा लाग्न पनि परिवारबाट साथ पाएका आर्यनले बुवाबाट नै गीत गाउने प्रेरणा पाएका हुन् । उनी बुवाको पनि साँगितिक सपना बोकेर अगाडि बढेका छन् । उनी सुगम संगीत र मेलोडियस आवाजका कारण चिनिएका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*