गोबिन पुन भोईस अफ नेपालको उत्कृष्ट ८ मा

११ श्रावण २०७८, सोमबार १९:०१

मकवानपुर, ११ साउन । बुटवलका गोविन पुन द भोईस अफ नेपाल सिजन ३ को उत्कृष्ट ८ का लागि छानिएका छन् । उनले उत्कृष्ट ९ को प्रस्तुतिका क्रममा गायक आर्यन तामाङसँग मिलेर ‘लेकाली चोयाको डोको’ बोलको गीत गाएका थिए । गोविन द भोईस अफ नेपाल सिजन ३ को ब्लाईण्ड अडिसनमा चारै जना कोचलाई आफुतर्फ फर्काउन सफल तेस्रो प्रतियोगी हुन् । ब्लाईण्ड अडिसनमा पर्दासँगै ईन्ट्री भएका गोबिनको आवाजलाई निर्णायकहरुले निक्कै रुचाउँदै उनलाई फाईनलमा पुग्न योग्य प्रतियोगीका रुपमा चर्चा गरेका थिए ।

उनी कोच दिपको टिममा छन् । बुटवल निवासी गोबिनले विद्यालय तहदेखि नै गायन सुरु गरेका हुन् । राम्रो गीत गाउने खुबी भएका गोबिनलाई धेरै साथीहरुले कुनै पनि रियालिटी शोमा जान सुझाव दिईरहन्थे । त्यसबारेमा सकरात्मक रहेका गोबिनले रियालिटी शोमा सहभागी हुनुलाई आफ्नो सन्तानका लागि एउटा सम्झना र उपहारका रुपमा लिएका छन् । विदेश गएर घरको आर्थिक अवस्था उकास्न आमाबाट सुझाव पाएका उनी गायनमै केही गर्ने लक्ष्य सहित अगाडि बढेका छन् । हेनुृहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*