सबैको मन जित्दै भोईसबाट बाहिरिन् रक स्टार निहारिका ज्ञवाली

१० श्रावण २०७८, आईतवार ०६:१२

मकवानपुर, १० साउन । द भोईस अफ नेपाल सिजन ३ को उत्कृष्ट ९ मा पुगेकी चर्चित प्रतियोगी निहारिका ज्ञवाली शोबाट बाहिरिएकी छिन् । भोईस अफ नेपालका हरेक प्रस्तुतिमा तहल्का मच्चाएकी उनी नेपाली साँगितिक दुनियाँमा रक स्टारका रुपमा उदाएकी छिन् । उनको हरेक प्रस्तुतिले निर्णायक र दर्शकहरुको मन जितेको थियो ।

निहारिका शोमा स्टिल भएर उत्कृष्ट ९ सम्म आईपुगेकी एकमात्र प्रतियोगी थिईन् । उनले उत्कृष्ट १० को प्रस्तुतिका क्रममा पफोमर अफ द डे अवार्ड जितेकी थिईन् । उनले लाईभ शोमा उत्कृष्ट १० को छनौटको क्रममा र उत्कृष्ट ९ को छनौटका क्रममा गरी लगातार २ पटक बटम थ्रीको सामना गरेकी थिईन् । उनी तेस्रो बटम लाईनमा भने सेभ हुन सकिनन् । उनी बाहिरिएता पनि नेपालीहरुको मन मुटुमा बस्न सफल भएकी छिन् ।

सुरुमा कोच राजुको टिममा रहेकी निहारिका ब्याटल राउण्डदेखि कोच प्रमोदको टिममा थिईन् । २२ वर्षीया निहारिका काठमाडौँ कपन निवासी हुन् । संगीतलाई जीवनको अभिन्न अंगका रुपमा लिएकी निहारिकालाई गायन क्षेत्रमा उनको आमाबुवाको पनि साथ छ । उनी ब्याटल राउण्डबाट थप चर्चामा आएकी थिईन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*