भरतमणि पौडेललाई कमेडी च्याम्पियनमा सर्वाधिक अवार्ड

७ श्रावण २०७८, बिहीबार १९:०२
Featured Video Play Icon

मकवानपुर, ७ साउन । चर्चित कमेडी रियालिटी शो कमेडी च्याम्पियन सिजन २ का सर्वाधिक चर्चित प्रतियोगी भरतमणि पौडेलले लगातार अवार्ड हात पारेका छन् । उनी गएको एपिसोडबाट पनि पाँचौँ पटक पफोमर अफ द डे अवार्ड प्राप्त गर्दै सिधै उत्कृष्ट ६ मा प्रवेश गरेका छन् । उनले अहिलेसम्म ५ पटक पफोमर अफ द राउण्ड अवार्ड जितेका छन् । उनले उत्कृष्ट २४, उत्कृष्ट १५, उत्कृष्ट ९, उत्कृष्ट ८ र उत्कृष्ट ७ को प्रस्तुति पश्चात पफोमर अफ द राउण्ड जितेका हुन् । उनी यस सिजनमा सर्वाधिक ५ वटा अवार्ड प्राप्त गर्ने एकमात्र प्रतियोगी हुन् ।

कमेडी च्याम्पियनमा तहल्का मच्चाईरहेका भरत ताप्लेजुङ निवासी हुन् । उनी कमेडियनका रुपमा मात्र नभई आरजे तथा टेक्निसियन पनि हुन् । उनले लोकप्रिय हाँस्य टेलिश्रृङ्खला ‘भद्रगोल’ मा पनि अभिनय गरेका थिए । आफुलाई संघर्षशिल कलाकारका रुपमा चिनाउने भरत कलाकार बन्ने सपना बोकेर ताप्लेजुङदेखि काठमाडौँसम्म आईपुगेका थिए । मिमिक्री गर्न र व्यङ्ग्य गर्नमा माहिर भरतले आफुलाई अन्तराष्ट्रिय स्तरसम्म पनि चिनाउन सफल भएका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*