दोहोरी च्याम्पियनमा अर्को धमाका

७ श्रावण २०७८, बिहीबार १८:५६
Featured Video Play Icon

मकवानपुर, ७ साउन । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट ८ का लागि हुने तेस्रो दोहोरी भिडन्त निक्कै रोचक हुनेभएको छ । दोहोरी च्याम्पियनले सार्वजनिक गरेको प्रोमो अनुसार यो साता दोहोरी च्याम्पियनमा चर्चित बाल कलाकारहरु उपस्थित हुँदैछन् । आफ्ना विविध कलाका कारण चर्चासँगै भाईरल समेत भएका बालकलाकारहरु सचिन परियार, आयुशा गौतम र कमला घिमिरे यो सातामा शोमा उपस्थित भएका छन् । उनीहरुले शोमा रमाईलोसँगै दोहोरी भिडन्त समेत भिडेका छन् । शोको प्रोमो अनुसार सचिन परियार शोमा रमाईलो गर्दै प्रवेश गर्छन् ।

त्यस्तै बाल गायिकाहरु कमला घिमिरे र आयुशा गौतमले शोका होष्ट तथा निर्णायकहरुसँग कडा दोहोरी भिडेको जस्तो देखिन्छ । शोमा उनीहरुको आगमनले थप रौनकता थप्ने देखिएको छ । दर्शकहरुले पनि उनीहरु उपस्थित भएकोमा खुशी व्यक्त गर्दै उक्त एपिसोड जसरी भएपनि हेर्ने भन्दै प्रतिक्रिया जनाएका छन् ।

यो शनिबार उत्कृष्ट ८ का लागि तेस्रो दोहोरी भिडन्त हुँदैछ भने उत्कृष्ट ८ मा पुग्ने दोस्रो जोडीको नाम पनि सार्वजनिक गरिनेछ । तेस्रो दोहोरी भिडन्तमा प्रकाश पराजुली र मिना बुढाथोकीसँग संगीना थापा र दिलिप थापाको जोडीले दोहोरी भिड्नेछन् । प्रकाश स्याङ्जाका र मीना दाङकी हुन् । त्यस्तै संगीना धादिङकी र दिलिप कैलालीका हुन् । हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*