निर्णय लिनै गाह्रो दोहोरी भिडन्त

६ श्रावण २०७८, बुधबार २२:०३
Featured Video Play Icon

मकवानपुर, ६ साउन । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट ८ का लागि भएको दोस्रो दोहोरी भिडन्त निक्कै रोचक अनि केही आश्चर्य जनक पनि रह्यो । दोहोरी च्याम्पियनकै चर्चित दुई जोडीहरु भिडेको यो दोहोरी भिडन्त केहीका लागि सोचेको जस्तो भएन भने केहीका लागि निक्कै आश्चर्यजनक पनि रह्यो । दमदार दोहोरी भिड्ने गरेका सविन आचार्य आफ्नो स्वास्थ्यका कारण दोहोरी भिडन्तमा सोचेको जति खरो रुपमा उत्रन सकेनन् । केही दिन अघि मात्रै एपेन्डिक्सको अपरेशन गरेकाले उनले हलचल नै नगरी गीत गाउन बाध्य भए ।

उत्कृष्ट १६ छनौटका क्रममा निर्णायकहरुबाट स्यालुट पाएकी रिता रावत क्षेत्री केही समय जवाफ दिन अलमलिईन् तर उनको जवाफ दिने शैलीहरुले फेरि पनि निर्णायकहरुलाई प्रभावमा पार्यो । उता चर्चामा रहेकी तारा थापा भने तुलनात्मक रुपमा बलियो देखिईन् भने उनका केही शब्दमा निर्णायकहरुले सुझावमुलक कमेन्ट गरे । उनीसँगै जोडी बाँधेर दोहोरी भिडेका टेकराज भण्डारीलाई निर्णायकहरुले अलमलमा परेको भन्दै सल्लाह पनि दिए । समग्रमा हेर्दा यो दोहोरी भिडन्त केही रोचक र अनि केही निराशाजनक पनि देखिएको थियो । साथै निर्णायक र दर्शकका लागि पनि यो दोहोरीमा निर्णय गर्न निक्कै गाह्रो जस्तै देखिएको छ ।

निर्णायकहरुले यी दुबै जोडीलाई आफ्नो गोप्य मत र स्टार दिएसँगै उनीहरुको निर्णय लगभग समाप्त भईसकेको छ । तर दर्शकका लागि भने उनीहरुमध्येबाट एउटा टिम छान्नु निक्कै चुनौतिपूर्ण देखिएको छ । दर्शकको रोजाईमा परेकी रिता र तारा दुई अलग अलग टिममा भएका कारण पनि उनीहरुलाई दर्शकको भोट निक्कै बाँडिने तय नै भएको कुरा हो । रितासँगै जोडी बाँधेर दोहोरी भिडेका सविन तारासँग जोडी बाँधेर दोहोरी भिडेका टेकराज भन्दा तुलनात्मक रुपमा बलियो देखिएका छन् । तर उनीहरु दुबैको पक्षमा पनि दर्शकहरुको भोट बाँडिने देखिएको छ । यस्तो अवस्थामा यो दोहोरी भिडन्त यही टिमले जित्छ भनेर निक्र्यौल गर्न निक्कै चुनौतिपूर्ण रहेको छ । यस अवस्थामा दर्शकहरुले कुन टिमलाई भोट दिएर अगाडि बढाउलान् त्यो भने शनिबार रिजल्टपछि नै थाहा पाउन सकिनेछ । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*