रकस्टार होईन मेलोडी क्विन बन्दै अफ्रिता खड्गी

६ श्रावण २०७८, बुधबार २१:५७

मकवानपुर, ६ साउन । द भोईस अफ नेपाल सिजन ३ को उत्कृष्ट १० मा पुगेकी अफ्रिता खड्गीको पहिचान फेरिएको छ । ब्लाईण्ड अडिसनदेखि केही राउण्डसम्म रकस्टारका रुष्मा चिनिएकी उनी लाईभ राउण्डमा आईपुग्दा मेलोडी क्विनका रुपमा चिनिएकी छिन् । उनले ‘अजम्बरी लाउँला पिरती’ बोलको गीतमा दिएको प्रस्तुति अहिले सामाजिक सञ्जालमा भाईरल छ । त्यस्तै उनले उत्कृष्ट ११ को प्रस्तुतिका क्रममा ‘गैरी खेतको शिरै हान्यो’ बोलको गीत गाउँदै निर्णायकहरुबाट प्रशंसा पाएकी थिईन् । उनले लाईभ शोमा उत्कृष्ट ११ को छनौटको क्रममा पहिलो पटक बटम थ्रीको सामना गरेकी थिईन् ।

अफ्रिता कोच तृष्णाको टिममा छिन् । २६ वर्षीया अफ्रिता बालाजु निवासी हुन् । सानैदेखि संगीत क्षेत्रमा लागेकी अफ्रिता विशेष गरी वेष्टर्न गीतहरुमा रुचि राख्छिन् । अफ्रिता गायनका साथै आफ्नो आईकलरका कारण पनि चर्चामा छिन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*