पिडाका बावजुद भोईमा भिड्दै कर्णराज गिरी

६ श्रावण २०७८, बुधबार २१:५२

मकवानपुर, ६ साउन । द भोईस अफ नेपाल सिजन ३ को उत्कृष्ट १० मा पुगेका चर्चित प्रतियोगी कर्णराज गिरी अहिले मातृशोकमा छन् । उनी पिडामा भएता पनि उनको भोईसको यात्रा भने जारी छ । उनी आमाको शोकलाई आत्मासाथ गर्दै भोईस अफ नेपालमा भिडिरहेका छन् । उनले उत्कृष्ट ११ को प्रस्तुतिका क्रममा ‘धेरै चोटि मरे म त’ बोलको गीत गाउँदै निर्णायकहरुबाट प्रशंसा पाएका थिए । उनको प्रस्तुतिमा कोच तृष्णाले स्टाण्डिङ अवेशन दिएका थिए । उनले लाईभ शोको दोस्रो एपिसोडमा पफोमर अफ द डे अवार्ड जितेका थिए ।

कर्णराज कोच तृष्णाको टिममा छन् । ३४ वर्षीय कर्णराज सर्लाहीका हुन् । काठमाडौँमै बसेर ट्याक्सी चलाईरहेका कर्णराज काठमाडौँमा गायक बन्ने सपना बोकेर प्रवेश गरेका थिए । तर सोचेको जस्तो सजिलो नभएपछि उनी ट्याक्सी चलाएर आफ्नो सपना पुरा गर्न अघि बढेका छन् । सानैमा बुवा गुमाएका कर्णराजले भोईसको यात्राकै क्रममा आफ्नी आमा पनि गुमाएका छन् । रातभरि ट्याक्सी चलाएर दिउँसो सँगीत सिकिरहेका कर्णराजले उत्कृष्ट १२ सम्म आईपुग्दा दर्शक र श्रोतामाझ चर्चा बटुलीरहेका छन् । उनले नकाउटमा पर्फोमेन्स अफ द डे अवार्ड पनि जितेका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*