भोईस अफ नेपालकी रक स्टार निहारिका ज्ञवाली

६ श्रावण २०७८, बुधबार २१:४८

मकवानपुर, ६ साउन । द भोईस अफ नेपाल सिजन ३ को उत्कृष्ट १० मा पुगेकी निहारिका ज्ञवाली रक स्टारका रुपमा चिनिन सफल भएकी छन् । ब्लाईण्ड अडिसनदेखि नै स्टेजमा तहल्का मच्चाईरहेकी उनको रकिङ प्रस्तुतिलाई निर्णायक र दर्शकहरुले निक्कै रुचाएका छन् । उनले उत्कृष्ट ११ को प्रस्तुतिका क्रममा ‘मर्सिडिज बेञ्ज’ बोलको गीत गाउँदै निर्णायकहरुबाट प्रशंसा पाएकी थिईन् । उनलाई कोच राजु र कोच प्रमोदले स्टाण्डिङ अवेशन दिएका थिए । उनले लाईभ शोमा उत्कृष्ट १० को छनौटको क्रममा पहिलो पटक बटम थ्रीको सामना गरेकी थिईन् ।

निहारिका ब्याटल राउण्डदेखि कोच प्रमोदको टिममा छिन् । २२ वर्षीया निहारिका काठमाडौँ कपन निवासी हुन् । संगीतलाई जीवनको अभिन्न अंगका रुपमा लिएकी निहारिकालाई गायन क्षेत्रमा उनको आमाबुवाको पनि साथ छ । उनी ब्याटल राउण्डबाट थप चर्चामा आएकी थिईन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*