स्टेजमै रोमान्टिक देखिन्छन् ज्वाला राई

६ श्रावण २०७८, बुधबार २१:४४

मकवानपुर, ६ साउन । द भोईस अफ नेपाल सिजन ३ को उत्कृष्ट १० मा पुगे ज्वाला राई अहिले चर्चामा छन् । स्टेजमा रोमान्टिक र हँसिलो मुद्रामा देखिने ज्वालाको चार्मिङ नेचरलाई दर्शकहरुले रुचाएका छन् । यसैबिच उनले उत्कृष्ट ११ को प्रस्तुतिका क्रममा ‘केबल तिमी’ बोलको गीत गाउँदै निर्णायकहरुबाट प्रशंसा पाएका छन् । कोच तृष्णालाई रोमान्टिक मुद्रामा स्टेजमा ल्याउँदै उनले रोमान्टिक गीत गाएका थिए । तर दुःखको कुरा उनले लाईभ शोमा उत्कृष्ट १० को छनौटको क्रममा पहिलो पटक बटम थ्रीको सामना गरेका छन् ।

ज्वाला कोच तृष्णाको टिममा छन् । २९ वर्षीय ज्वाला काठमाडौका हुन् । गायकका रुपमा समेत परिचय बनाईसकेका ज्वालाले सानैदेखि गायन क्षेत्र समातेका हुन् । साँगितिक परिवारमै हुर्किएका ज्वालाले विद्यालयदेखि कलेजसम्म गीत गाए । सँगीतमै लाग्ने उदेश्यले काठमाडौ छिरेका ज्वालाले सँगीत क्षेत्रमै लाग्ने कोशिस गर्दागर्दै लगभग निराशाकै सामना गर्नुपर्यो अन्तत उनी मलेसिया रोजगारका लागि गएका थिए । त्यहाँ हुँदाको समयमा नै युट्युब च्यानल खोलेर अघि बढेका उनी युट्युबमै चिनिन थाले । २ वर्षपछि नेपालमा फर्किएका ज्वाला फेरि पहिला जस्तै निराशाको अवस्थामा पुगे तर उनी फेरि सँगीतमै अगाडि बढेका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*