भर्सटाईल गायिका तारा श्रीस मगर चर्चाको शिखरमा

६ श्रावण २०७८, बुधबार ०७:५४

मकवानपुर, ६ साउन । द भोईस अफ नेपाल सिजन ३ को उत्कृष्ट १० मा पुगेकी तारा श्रीष मगर अहिले चर्चाको शिखरमा छन् । यो हप्ता सेभ भएसँगै उनी उत्कृष्ट ८ का लागि पनि सुरक्षित छिन् । तारा, भोईस अफ नेपालकी चर्चित भर्सटाईल गायिका हुन् । उनको हरेक प्रस्तुतिमा नविनता भएका कारण निर्णायक र दर्शकहरुमाझ उनी लोकप्रिय छिन् । रकदेखि मेलोडीसम्म गाउन सक्ने खुबी भएकी तारा भोईस अफ नेपालको मञ्चमा सर्वाधिक चर्चामा रहेकी भर्सटाईल गायिका हुन् । उनले उत्कृष्ट ११ को प्रस्तुतिका क्रममा पफोमर अफ द डे अवार्ड पनि जितेकी छिन् ।

सर्वाधिक चर्चामा रहेकी तारा सिजन ३ मा चारै जना कोचलाई आफुतर्फ फर्काउन सफल पाँचौँ प्रतियोगी पनि हुन् । ताराको आवाज द भोईस ग्लोबलमा मार्च महिनाको उत्कृष्ट प्रस्तुतिका रुपमा छनौट हुन सफल भएको थियो । उनी भोईसको स्टेजमा भर्सटाईल गायिकाका रुपमा चिनिएकी छिन् । उनी कोच राजुको टिममा छिन् । बागलुङमा जन्मिएकी तारा जीवनको भोगाईलाई उतार्ने पानाका रुपमा संगीतलाई परिभाषित गर्छिन् । सानैमा गीत गाउन लाग्दा उनलाई परिवारबाटै अवरोध थियो । छोरी मान्छेले नाच्नु र गाउनुलाई त्यति राम्रो नमान्ने समुदायमा हुर्किएकी उनलाई पछि उनको बुवाले नै सँगीत क्षेत्रमा लाग्न मदत गरेका थिए । उनी नकाउटबाट झनै चर्चामा आएकी छिन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*