भोईस अफ नेपालमा सोनाम ग्याल्सो शेर्पाको चर्चा

६ श्रावण २०७८, बुधबार ०७:४४

मकवानपुर, ६ साउन । द भोईस अफ नेपाल सिजन ३ को उत्कृष्ट १० मा पुगेका सोनाम ग्लाल्सो शेर्पा अहिले चर्चाको शिखरमा छन् । दमदार गीत गाएका उनले निर्णायकहरुलाई समेत चकित पार्ने गरेका छन् । उनले उत्कृष्ट ११ को प्रस्तुतिका क्रममा ‘आऊ आऊ न ’ बोलको गीत गाउँदै निर्णायकहरुबाट प्रशंसा पाएका थिए । उनलाई कोच राजु र तृष्णाले स्टाण्डिङ अवेसन दिएका थिए ।

सोनाम कोच राजुको टिममा छन् । २४ वर्षीय सोनाम बौद्ध काठमाडौँका हुन् । सँगित क्षेत्रमै लागेका दाजुहरुको पदचाप पछ्याउँदै उनी सँगीत क्षेत्रमै अगाडि बढेका छन् । मनको कुरा व्यक्त गर्ने माध्यमका रुपमा सँगीतलाई ब्याख्या गर्ने सोनामले प्रेममा परेपछि संगीतलाई कम समय दिए । तर समयसँगै उनीहरु अध्ययनका क्रममा एकअर्काबाट भौगोलिक रुपमा टाढा भए । त्यसपश्चात उनी फेरि सँगीतमै फर्किए । भौगोलिक दुरीले जन्माएको पिडालाई उनले गीतका रुपमा उतारे । उनी गीत लेखनमा पनि अग्रसर छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*