तहल्का मच्चाउँदै रवि गहतराज

६ श्रावण २०७८, बुधबार ०७:४१

मकवानपुर, ६ साउन । आफ्नो दमदार आवाजका कारण द भोईस अफ नेपाल सिजन ३ का चर्चित प्रतियोगी रवि गहतराज चर्चामा छन् । उनी उत्कृष्ट १० मा पुगेका तेस्रो प्रतियोगी हुन् । उनले उत्कृष्ट ११ को प्रस्तुतिका क्रममा ‘मस्की मस्की’ बोलको गीत गाउँदै निर्णायकहरुबाट प्रशंसा पाएका थिए । उनलाई कोच प्रमोदले स्टाण्डिङ अवेसन दिएका थिए ।

रवि कोच प्रमोदको टिममा छन् । २७ वर्षीय रवि नाम्ची दक्षिण सिक्किमका हुन् । बिहान र बेलुका सँगीत अभ्यासमा बिताउने रवि दिउँसो पिडिएमा काम गर्छन् । घरबाट गायनमा सहयोग पाएका उनलाई बुवाआमा र बहिनीले पनि भोईसमा आउन सहयोग गरेका थिए । ब्लाईण्ड अडिसनहुँदै ब्याटलमा तहल्का मच्चाएका रवि नकाउटबाट झनै चर्चामा आएका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*