दार्जिलिङका आर्यन तामाङ भोईसको उत्कृष्ट १० मा

६ श्रावण २०७८, बुधबार ०७:३७

मकवानपुर, ६ साउन । दार्जिलिङका आर्यन तामाङ द भोईस अफ नेपाल सिजन ३ को उत्कृष्ट १० मा प्रवेश गरेका छन् । उनी उत्कृष्ट १० मा पुगेका दोस्रो प्रतियोगी हुन् । उनले उत्कृष्ट ११ को प्रस्तुतिका क्रममा ‘सुनिदेऊ’ बोलको गीत गाउँदै निर्णायकहरुबाट प्रशंसा पाएका थिए । उनले लाईभ शोको पहिलो एपिसोडमा पफोमर अफ द डे अवार्ड जितेका थिए ।

आर्यन कोच दिपको टिममा छन् । १९ वर्षीय आर्यन दार्जिलिङका हुन् । संगीत क्षेत्रमा लाग्न पनि परिवारबाट साथ पाएका आर्यनले बुवाबाट नै गीत गाउने प्रेरणा पाएका हुन् । उनी बुवाको पनि साँगितिक सपना बोकेर अगाडि बढेका छन् । उनी सुगम संगीत र मेलोडियस आवाजका कारण चिनिएका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*