गोबिन पुन भोईस अफ नेपालको उत्कृष्ट १० मा

६ श्रावण २०७८, बुधबार ०७:३३

मकवानपुर, ६ साउन । भोईस अफ नेपालका चर्चित प्रतियोगी गोबिन पून द भोईस अफ नेपाल सिजन ३ को उत्कृष्ट १० मा पुगेका छन् । उनी उत्कृष्ट १० मा पुग्ने पहिलो प्रतियोगी हुन् । उनले उत्कृष्ट ११ को प्रस्तुतिका क्रममा ‘लाखौँ हजारौँ’ बोलको गीत गाउँदै निर्णायकहरुबाट प्रशंसा पाएका थिए ।

गोविन द भोईस अफ नेपाल सिजन ३ को ब्लाईण्ड अडिसनमा चारै जना कोचलाई आफुतर्फ फर्काउन सफल तेस्रो प्रतियोगी हुन् । ब्लाईण्ड अडिसनमा पर्दासँगै ईन्ट्री भएका गोबिनको आवाजलाई निर्णायकहरुले निक्कै रुचाउँदै उनलाई फाईनलमा पुग्न योग्य प्रतियोगीका रुपमा चर्चा गरेका थिए । उनी कोच दिपको टिममा छन् । बुटवल निवासी गोबिनले विद्यालय तहदेखि नै गायन सुरु गरेका हुन् ।

राम्रो गीत गाउने खुबी भएका गोबिनलाई धेरै साथीहरुले कुनै पनि रियालिटी शोमा जान सुझाव दिईरहन्थे । त्यसबारेमा सकरात्मक रहेका गोबिनले रियालिटी शोमा सहभागी हुनुलाई आफ्नो सन्तानका लागि एउटा सम्झना र उपहारका रुपमा लिएका छन् । विदेश गएर घरको आर्थिक अवस्था उकास्न आमाबाट सुझाव पाएका उनी गायनमै केही गर्ने लक्ष्य सहित अगाडि बढेका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*