कैलाश कार्की कमेडी च्याम्पियनको उत्कृष्ट ७ मा

५ श्रावण २०७८, मंगलवार २१:०६

मकवानपुर, ५ साउन । कमेडियन कैलाश कार्की कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट ७ मा पुगेका छन् । उनी उत्कृष्ट ७ मा पुगेका सातौँ प्रतियोगी हुन् । उनी शोलुखुम्बु निवासी हुन् । कमेडी च्याम्पियन सिजन १ मा पनि सायरी किङका रुपमा चर्चा कमाएका उनले दोस्रो सिजनमा पनि तहल्का मच्चाउँदैछन् ।

उनी आरजे पनि हुन् । उनी सिजन १ मा उत्कृष्ट १५ सम्म पुगेका थिए । कैलाशले एकपटक पफोमर अफ द राउण्ड जितेका छन् । उनले उत्कृष्ट ११ को प्रस्तुतिका क्रममा पफोमर अफ द राउण्ड अवार्ड जितेका हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*