सिधै उत्कृष्ट ६ मा भरतमणि पौडेल

५ श्रावण २०७८, मंगलवार २०:४६

मकवानपुर, ५ साउन । कमेडी च्याम्पियनमा तहल्का मच्चाईरहेका भरतमणि पौडेल कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट ६ मा पुगेका छन् । उत्कृष्ट ७ को प्रस्तुतिमा पफोमर अफ द राउण्ड अवार्ड जित्दै उनी सिधै उत्कृष्ट ६ मा प्रवेश गरेका हुन् । भरत ताप्लेजुङ निवासी हुन् । उनी कमेडियनका रुपमा मात्र नभई आरजे तथा टेक्निसियनका रुपमा पनि कार्यरत भईसकेका छन् । उनले लोकप्रिय हाँस्य टेलिश्रृङ्खला ‘भद्रगोल’ मा पनि अभिनय गरेका थिए । आफुलाई संघर्षशिल कलाकारका रुपमा चिनाउने भरत कलाकार बन्ने सपना बोकेर ताप्लेजुङदेखि काठमाडौँसम्म आईपुगेका थिए ।

मिमिक्री गर्न र व्यङ्ग्य गर्नमा माहिर भरतले आफुलाई अन्तराष्ट्रिय स्तरसम्म पनि चिनाउन सफल भएका छन् । भरतले ५ पटक पफोमर अफ द राउण्ड अवार्ड जितेका छन् । उनले उत्कृष्ट २४, उत्कृष्ट १५, उत्कृष्ट ९, उत्कृष्ट ८ र उत्कृष्ट ७ को प्रस्तुति पश्चात पफोमर अफ द राउण्ड जितेका हुन् । उनी यस सिजनमा सर्वाधिक ५ वटा अवार्ड प्राप्त गर्ने एकमात्र प्रतियोगी हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*