बिक्की अग्रवाल कमेडी च्याम्पियनको उत्कृष्ट ७ मा

५ श्रावण २०७८, मंगलवार २०:४१

मकवानपुर, ५ साउन । चर्चित कमेडियन बिक्की अग्रवाल, कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट ७ मा पुगेका छन् । उनी उत्कृष्ट ७ मा पुगेका पहिलो प्रतियोगी हुन् । उनी सिक्किम निवासी हुन् । उनी कमेडी च्याम्पियन सिजन २ मा गोल्डेन कि पाउन सफल पहिलो प्रतियोगी पनि हुन् । उनी फिल्म मेकिङमा पनि सक्रिय छन् । उनी एक चर्चित युट्युबर समेत हुन् । उनको कमिक टाईमिङ र समय सापेक्ष अर्गानिक कन्टेटलाई निर्णायकहरुले मनपराएका छन् । सिक्किममा धेरै स्टेज शो गरिसेकका बिक्की सिक्किममा मात्र नभई अहिले नेपालमा पनि चर्चामा छन् ।

५ वर्षदेखि हाँस्यव्यङ्ग्यकै क्षेत्रमा लेखन, निर्माण तथा कलाकारका रुपमा कार्य गरिरहेका बिक्की दर्शकहरुको रोजाईमा पर्न सफल भएका छन् । कमेडी च्याम्पियनका विकिपेडियाका नामले पनि चर्चा पाएका बिक्कीले एकपटक पफोमर अफ द राउण्ड अवार्ड पनि जितेका छन् । उनले उत्कृष्ट १५ को प्रस्तुतिका क्रममा पफोमर अफ द राउण्ड अवार्ड जितेका थिए । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*