सरोज सिम्खडा र सिता घिमिरे दोहोरी च्याम्पियनको उत्कृष्ट ८ मा

५ श्रावण २०७८, मंगलवार २०:१३
Featured Video Play Icon

मकवानपुर, ५ साउन । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट १६ छनौटपछि पहिलो दोहोरी भिडन्त सरोज सिम्खडा र सिता घिमिरेले जितेका छन् । पहिलो दोहोरी भिडन्तमा सरोज र सिताले जालुमाया गुरुङ र प्रितम पोख्रेलसँग प्रतिस्पर्धा गरेका थिए । उनीहरुको प्रस्तुति पश्चात निर्णायकहरुले दिएको अंकबाट ५० प्रतिशत र ५० प्रतिशत दर्शक भोटको आधारमा उनीहरु विजयी भएका हुन् । यी दुई जोडीहरुको दोहोरी भिडन्तपश्चात निर्णायकहरुले दुबै टिमको प्रशंसा गरेका थिए । चर्चामा रहेका यी दुई जोडीहरुले निक्कै दमदार दोहोरी भिडेका थिए । दुबै टिमलाई दर्शक र निर्णायकहरुले निक्कै रुचाएका थिए । उनीहरुलाई गोप्य रुपमा निर्णायकहरुले अंक दिनुका साथै मुल्यांकनका लागि स्टार समेत दिएका थिए ।

प्रितमलाई सबै निर्णायकहरुले थ्री स्टार दिएका थिए । त्यस्तै सितालाई सबै निर्णायकहरुले फो स्टार दिएका थिए । जालुमायालाई निर्णायक प्रजापति पराजुलीले थ्री स्टार र अन्य ३ जना निर्णायकहरुले फो स्टार दिएका थिए । त्यस्तै सरोजलाई निर्णायक सिता थापाले फो स्टार र बाँकी ३ जना निर्णायकहरुले थ्री स्टार प्रदान गरेका थिए । दोहोरी भिडन्त जितेसँगै सरोज र सिता उत्कृष्ट ८ मा प्रवेश गरेका छन् भने जालुमाया र प्रितम शोबाट बाहिरएका छन् ।

दोहोरी च्याम्पियनको उत्कृष्ट ८ मा पुगेका पहिलो जोडी हुन् सरोज सिम्खडा र सिता घिमिरे । उनीहरुले उत्कृष्ट २४ को क्रममा निर्णायकबाट जम्मा ५७५.५ अंक प्राप्त गर्दै ३ अंकको अन्तरमा सुनिता बुढा र मानसिंह खड्काको जोडीलाई पराजित गरेका थिए । त्यसको लगत्तै उत्कृष्ट १६ को दोहोरी भिडन्तमा भने जालुमाया गुरुङ र प्रितम पोखरेलको जोडीलाई दर्शक भोट र निर्णायक मतका आधारमा पराजित गरेका हुन् । दोहोरी भिडन्तमा प्रशंसा कमाइरहेका सरोज सिम्खडा लोकदोहोरी गायक हुन् । धादिङको विकट क्षेत्रमा जन्मिएका सरोज लोकदोहोरीकै क्षेत्रमा केही गर्ने उदेश्य सहित काठमाडौँमा प्रवेश गरेका थिए ।

लामो समयदेखि दोहोरी गायनमा सक्रिय रहेका सरोजले अहिलेसम्म सोचेको जस्तो सफलता नपाएको बताउँछन् । उनी दर्शकहरुको माया नै कलाकारहरुको लागि अगाडि बढ्ने हौसला भएको बताउँछन् । सरोजसँगै जोडी बाँधेर दोहोरी च्याम्पियनमा भिडिरहेकी सिता घिमिरे पाल्पाकी हुन् । वि.सं. २०७३ सालमा औपचारिक रुपमा साँगितिक क्षेत्रमा प्रवेश गरेकी सिताले गायनमा लामो संघर्ष पनि गरेकी छिन् । उनले गायन क्षेत्रमा लाग्न श्रीमान र घरपरिवारबाट पनि निक्कै साथ पाएकी छिन् । उनी लोकदोहोरी गायिकाका रुपमा चर्चामा छिन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*