तारा थापा र सविन आचार्यको कडा दोहोरी भिडन्त

२ श्रावण २०७८, शनिबार २०:११
Featured Video Play Icon

मकवानपुर, २ साउन । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट १६ छनौटपछि दोस्रो दोहोरी भिडन्त यही शनिबार हुँदैछ । दोस्रो दोहोरी भिडन्तमा शोकै चर्चित २ टिम टेकराज भण्डारी र तारा थापासँग रिता रावत क्षेत्री र सविन आचार्यले दोहोरी भिड्दैछन् । यसैबिच दोहोरी च्याम्पियन टिमले सार्वजनिक गरेको नयाँ प्रोमोले चर्चा बटुलेको छ । प्रोमो अनुसार दोहोरी भिडन्तमा तारा थापा र सविन आचार्यको कडा दोहोरी भिडन्त परेको छ । सुरुमा सविनले तारालाई पुतलीको संज्ञा दिँदै रोमान्टिक टुक्का प्रहार गर्छन् । सविनको रोमाञ्चक सवालमा ताराले पनि दमदार जवाफ फर्काएकी छिन् ।

सविन र ताराको यो दोहोरी भिडन्तबाटै यो शनिबार दोहोरी भिडन्त निक्कै दमदार हुने देखिएको छ । तारा र सविनको दोहोरी भिडन्तमा उपस्थित अतिथि निर्णायक र दर्शकहरुको पनि निक्कै रमाईलो हुटिङ सुनिएको छ । तारा र सविनको टिमले यसअघिको दोहोरी भिडन्तका क्रममा दर्शक र निर्णायकहरुबाट सर्वाधिक प्रशंसा पाएका थिए । शनिबार उनीहरुको प्रस्तुति पश्चात निर्णायकहरुले दिएको अंकबाट ५० प्रतिशत र ५० प्रतिशत दर्शक भोटको आधारमा अर्को शनिबार रिजल्ट हुनेछ ।

यी दुबै जोडीहरु गायक गायिकाकै रुपमा चिनिएका र लाईभ दोहोरीमा दर्शकहरुको मन जित्न सफल जोडीहरु हुन् । दुबै टिम बलियो भएकोले एकअर्कालाई पछि पार्न यो जोडीहरुले दमदार दोहोरी भिडन्त गर्नेछन् । जसको पूर्व झलक यो प्रोमोमा पनि देखिएको छ । तारा बाग्लुङकी र टेकराज दैलेखका हुन् । त्यस्तै रिता दाङकी र सविन पाँचथरका हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*