शिला आले र प्रजापति पराजुलीको कडा दोहोरी भिडन्त

२ श्रावण २०७८, शनिबार २०:०५
Featured Video Play Icon

मकवानपुर, २ साउन । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट १६ छनौटपछि दोस्रो दोहोरी भिडन्त शनिबार हुँदैछ । उत्कृष्ट ८ को छनौटका लागि हुने यो दोहोरी भिडन्त रोचक हुने अनुमान दर्शक श्रोताहरुको छ । यसैबिच दोहोरी च्याम्पियन टिमले शनिबारका लागि अतिथिको प्रोमो सार्वजनिक गरेको छ । प्रोमो अनुसार चर्चित लोकदोहोरी गायिका शिला आलेले यो सातामा शोमा सहभागिता जनाउँदैछिन् । प्रोमो अनुसार शोका निर्णायक प्रजापति पराजुली र गायिका शिला आलेबिच कडा दोहोरी भिडन्त परेको देखिएको छ । घरको हालखबर सोध्ने कुराबाट सुरु भएको दोहोरी निक्कै रोचक भएको छ ।

शिला र प्रजापतिबिचको यो दोहोरी भिडन्तबाटै शनिबारको एपिसोड रोचक हुने अनुमान गर्न सकिन्छ । शनिबार शोकै चर्चित २ टिम टेकराज भण्डारी र तारा थापासँग रिता रावत क्षेत्री र सविन आचार्यले दोहोरी भिड्नेछन् । यी दुबै टिमले दोहोरी भिडन्तका क्रममा दर्शक र निर्णायकहरुबाट सर्वाधिक प्रशंसा पाएका थिए । फिजिकल अडिसन र दोहोरी भिडन्तमा निक्कै चर्चा पाएकी तारा र टेकराज दुबै जना लाईभ दोहोरीमा चर्चित छन् । तारा बाग्लुङकी र टेकराज दैलेखका हुन् ।

त्यस्तै रीता रावत क्षेत्री र सविन आचार्य दोहोरी च्याम्पियनको फिजिकल अडिसनदेखि नै चर्चामा छन् । सविन र रिता लोकदोहोरी क्षेत्रका चर्चित गायक गायिका हुन् । दोहोरी च्याम्पियनमा निर्णायकहरुबाट सर्वाधिक प्रशंसा पाएकी रिताले लोक दोहोरी क्षेत्रमा नयाँ ईतिहास रच्ने दर्शक श्रोताहरुले अपेक्षा गरेका छन् । रिता दाङकी र सविन पाँचथरका हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*