दोहोरी च्याम्पियनमा ८ हप्ता दोहोरी मै भिडन्त, को सँग को भिड्दैछन् ?

३० असार २०७८, बुधबार ११:४७
Featured Video Play Icon

मकवानपुर, ३० असार । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ मा उत्कृष्ट १६ जोडीहरु छानिएसँगै ८ हप्ता लामो दोहोरी भिडन्त सुरु भएको छ । यस अघि नै उत्कृष्ट २४ मा भिडेर जित हासिल गरेका १२ जोडी र वाईल्ड कार्डबाट छानिएका थप ४ जोडीहरु ८ हप्ता लामो दोहोरी भिडन्तमा एकअर्कासँग कडा प्रतिस्पर्धा गर्दैछन् । यी जोडीहरुको भिडन्तपछि उत्कृष्ट ८ जोडीहरु अघिल्लो चरणका लागि छानिनेछन् । आखिर यी १६ जोडीहरुमध्ये कुन जोडी कोसँग भिड्दैछन् त ? हामी यस भिडियो सामग्रीमा एकअर्कासँग भिड्ने यी जोडीहरुले हालसम्म प्राप्त गरेको उपलब्धी र उनीहरुका व्यक्तिगत र सांगितिक जीवनका बारेमा छोटो जानकारी प्रस्तुत गर्दैछौँ । तपाईलाई यी जोडीहरुको भिडन्तबाट उत्कृष्ट ८ मा कुन कुन जोडीहरु पुग्लान् जस्तो लाग्छ ? कृपया भिडियो हेरिसकेपछि कमेन्ट गर्नुहोस् । दोहोरी च्याम्पियन सम्बन्धी अन्य भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*