दोहोरी च्याम्पियनका ४ वाईल्ड कार्ड जोडीहरु

२८ असार २०७८, सोमबार ११:१४
Featured Video Play Icon

मकवानपुर, २८ असार । नेपालकै पहिलो दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ मा ४ जना जोडीहरु वाईल्ड कार्डमार्फत पून प्रवेश गरेका छन् । यसअघि उत्कृष्ट २४ जोडीहरुको दोहोरी भिडन्तमा उत्कृष्ट १२ जोडीहरु छानिएसँगै १२ जोडीहरु बाहिरिएका थिए । यी बाहिरिएका १२ जोडीहरुमध्ये ४ जोडीहरु वाईल्ड कार्डमार्फत पून शोमा फर्किएका हुन् । वाईल्ड कार्डका लागि चौथो जोडीका रुपमा चर्चित गायक मानसिंह खड्का र सुनिता बुढा क्षेत्री पनि छानिएका थिए । तर उनीहरुले व्यक्तिगत कारणले शोमा सहभागी नहुने बताएपछि अर्को जोडीले वाईल्ड कार्डमा मौका पाएको थियो । उनीहरु वाईल्ड कार्डमार्फत भित्रिएसँगै सिधै उत्कृष्ट १६ मा प्रवेश गरेका छन् । यस भिडियो सामग्रीमा दोहोरी च्याम्पियनमा वाईल्ड कार्डबाट भित्रिएका ४ जोडीहरुका बारेमा छोटो चर्चा गर्दैछौँ । दोहोरी च्याम्पियन सम्बन्धी अन्य भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*