सुरक्षा सिञ्चुरीका चर्चित १५ नयाँ गीतहरु

२६ असार २०७८, शनिबार १८:२७
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, २६ असार । द भोईस अफ नेपाल सिजन ३ की चर्चित प्रतियोगी सुरक्षा सिञ्चुरीको आवाजमा लगातार एकपछि अर्को हिट गीतहरु सार्वजनिक भईरहेका छन् । उनका सार्वजनिक भएका गीतहरुका बारेमा दर्शक श्रोताहरुले पनि राम्रा कमेन्टहरु गरेका छन् । उनको आवाजलाई दर्शक श्रोताले मन पराएका छन् । परदेशीको याद, बसौँ खाटैमा जस्ता गीतहरुले चर्चा पाएसँगै सुरक्षाले गायक प्रताप दाससँग गाएको ‘नखुलुन् यी मेरा परेलीहरु’ बोलको गीत रेकर्डिङको क्रममै चर्चामा आएको छ । भोईसको नकाउट राउण्डसम्म पुगेकी सुरक्षाका केही सार्वजनिक तथा रेकर्डिङ गरिएका गीतहरुका बारेमा हामीले यसअघि पनि भिडियो सामग्री तयार पारेका थियौँ । त्यो भिडियो सामग्री पनि तपाई हाम्रो च्यानलमा हेर्नसक्नुहुन्छ । यस भिडियो सामग्रीमा भने हामी सुरक्षाको रेकर्ड भईसकेका र पछिल्लो समयमा सार्वजनिक भएका १५ वटा गीतहरुका बारेमा चर्चा गर्दैछौँ । यी गीतहरुलाई दर्शक श्रोताले छोटो समयमै मनपराएका छन् भने कतिपय गितहरुलाई रेकर्डिङ क्लिप सुनेकै भरमा दर्शकहरुले मनपराएका छन् । आउनुहोस् ती गीतहरु बारेमा चर्चा गरौँ ।

सुरक्षाको आउँदै गरेको नयाँ गीत हो ‘दोबाटोमै छोडी गयौ’ । सुरक्षाको आवाजमा रेकर्ड भएको यो गीतमा विशाल निरौलाको शब्द, संगीत र संगीत संयोजन रहेको छ । त्यस्तै सुरक्षाकै आवाजमा ‘म हार्न राजी छु’ बोलको गीत पनि रेकर्ड भएको छ । नविन कार्कीको शब्द र सँगीत तथा विशाल निरौलाको एरेञ्जमा गीत तयार भएको हो । गीतका रेकर्डिष्ट रञ्जन राई हुन् ।

सुरक्षाको आवाजमा आउँदै गरेको तेस्रो गीत हो ‘विदेश आएँ साहुको ऋण तिर्न’ बोलको गीत । यो गीतमा दिपेन्द्र खड्का,रमेश आउजी र कमल खड्काको शब्द रहेको छ । गीतमा सुरक्षासँगै अर्जुन सुनामको आवाज पनि समावेश छ । गीतमा सूर्य राई दनुवारको संगीत तथा विशन मानन्धरको एरेञ्ज रहेको छ । स्टुडियो हार्मोनिकमा रेकर्ड भएको गीतका निर्माता कमल खड्का हुन् । सुरक्षाकै आवाजमा रहेको ‘न्यूयोर्क सिटीमा, नारायण हिटीमा’ बोलको अर्को गीत पनि रेकर्ड भइसकेको छ । गीतमा दिपक शर्माको शब्द तथा शंकर स्माईलको संगीत रहेको छ । गीतलाई विश्व अधिकारीले एरेञ्ज गरेका हुन् । गीत स्टुडियो फिलमा रेकर्ड गरिएको हो । सुरक्षाकै आवाजमा रेकर्ड भएको पाँचौँ गीत हो ‘तिमी बिना’ बोलको गीत । यो गीतमा वरिष्ठ गायक तथा संगीतकार नगेन्द्र श्रेष्ठको संगीत तथा उहाँकी श्रीमती रचना प्रधानको शब्द रहेको छ । राहुल प्रधानको एरेञ्ज तथा योगेश देवकोटाको व्यवस्थापनमा गीत तया रभएको हो । स्टुडियो वानमा यो गीतलाई किरण तुलाधारले रेकर्ड गरेका हुन् ।

त्यस्तै सुरक्षाको एकल तथा युगल गीतहरु पनि रेकर्ड भएका छन् । चर्चित गायिका रचना रिमालसँग सुरक्षाको आवाजमा तीज गीत ‘छेउमै ऐना छ’ रेकर्ड भईसकेको छ । रचना रिमालसँगकै गीत ‘हिँड्नै नहुनी भाछ राम्री बनेर’ पनि रेकर्ड भएको छ भने सुरक्षाको एकल आवाजमा ‘आज अचानक प्यारालाई देखेर’ बोलको गीत पनि रेकर्ड भईसकेको छ । अलांकर स्टुडियोमा रेकर्ड भएका यी तिनै वटा गीतहरुमा नविन कार्कीको संगीत तथा डिपी खनालको शब्द रहेका छन् । गीतलाई विशाल निरौँलाले एरेञ्ज गरेका छन् ।

सुरक्षाको आवाजमा रेकर्ड भएको नवौँ गीत हो ‘निशब्द’ । यो गीतलाई सुरक्षाले अलग किसिमको गीत भनेकी छिन् । गीतमा रमेश दाहालको शब्द र टिका दाहालको संगीत रहेको छ । गीतलाई राहुल प्रधानले एरेञ्ज गरेका हुन् । गीतलाई स्टुडियो वानमा रेकर्ड गरिएको हो । सुरक्षाकै एकल गीत ‘वनकी चरी डुल्छे वनमा’ पनि रेकर्ड भईसकेको छ । गीतमा प्रमिला बस्नेतको शब्द तथा विकास चौधरीको संगीत र एरेञ्ज रहेको छ । गीत मिरा साउण्डमा रेकर्ड भएको हो ।

सुरक्षाको आवाजमा रेकर्ड भएको अर्को गीत हो ‘तिम्रै कल्पनामा’ यो गीत स्टुडियो किङको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भईसकेको छ । गीतमा शाखा बान्तावा राईको शब्द तथा मनोज साङसोन राईको संगीत र एरेञ्ज रेको छ ।

सुरक्षाको आवाजमा रेकर्ड भएर सार्वजनिक भईसकेको अर्को गीत हो ‘बित्यो लौ जिन्दगी’ बोलको गीत । यो मारुनी गीत किङ स्टुडियोको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गीतमा लिलिस पोमुको शब्द तथा आरसी फुलाहाङको संगीत रहेको छ । गीतलाई मनोज साङसोन राईले एरेञ्ज गरेका हुन् ।

सुरक्षाको आवाजमा रेकर्ड भएको अर्को गीत ‘फुल जस्तो मेरो राजालाई’ यो सामग्री तयार पार्दाको समयमा रेकर्ड भईसकेको छ । गीतमा जीवन राईको शब्द तथा संगीत रहेको छ । गीतलाई विष्णु अधिकारीले एरेञ्ज गरेका हुन् । गीतलाई मिरा साउण्ड स्टुडियोमा रेकर्ड गरिएको हो । त्यस्तै सुरक्षाको आवाजमा रहेको ‘नौलो परदेशी’ बोलको गीत ‘गरौँ रमाईलो’ युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गीतमा मणिराज बस्नेतबो शब्द तथा गौतम सागर राईको संगीत रहेको छ । गीतलाई मनोज साङ्सोन राईले एरेञ्ज गरेका हुन् । गीतलाई सुरेश राईले रेकर्ड गरेका हुन् । गीतको मिक्सिङ मास्टरिङ राजु कार्कीले गरेका हुन् ।

सुरक्षाको आवाजमा रहेको ‘भुलेर नि माया नलाउनु’ बोलको गीत पनि रेकर्ड भएको छ । फिमेल भर्सनको यो गीतमा शशिकला लामाको शब्द तथा बादल थापा मगरको संगीत रहेको छ । कमल सौरागको एरेञ्जमा तयार भएको यो गीत मारुनी डिजिटल स्टुडियोमा रेकर्ड भएको हो । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*