वसन्त र शर्मिलाको दोहोरीमै महाभिडन्त

२५ असार २०७८, शुक्रबार १३:११
Featured Video Play Icon

मकवानपुर, २५ असार । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट १२ को छनौटका लागि भएको अन्तिम दोहोरी भिडन्तमा बसन्त बिक र शर्मिला थापाको दोहोरी भिडन्तमा निक्कै घम्साघम्सी पर्यो । शर्मिलालाई मिठो शब्द प्रहार गरेका बसन्तलाई सुरुमै शर्मिलाले निराश पारिदिईन् । त्यो दोहोरीको प्रहारले एउटा रमाईलो दोहोरीको सुरुवात भयो ।

यसरी सुरु भएको दोहोरीमा निक्कै उतारचढाव आए । बसन्तले लगातार प्रेम दर्शाई रहँदा शर्मिलाले निरन्तर ईन्कार नै गरिरहिन् तर अन्ततिर बसन्तले शर्मिलालाई छोडेर छेउमै शर्मिलालाई दोहोरीमा स्वर ढाकिरहेकी गायिका सपना घर्ति मगरलाई दोहोरी प्रहार गरे जुन निक्कै रोचक रह्यो ।

यसरी मोडिएको दोहोरीले अन्तसम्मै चर्काचर्कीको स्थिति बनेको थियो । अन्तत निक्कै कडा दोहोरी प्रतिस्पर्धाका बिच शर्मिला र उनका दोहोरी जोडी प्रशान्त तामाङलाई बसन्त र उनका दोहोरी जोडी पवित्रा मगरले ३ अंकको अन्तरले पछाडि पारे । वसन्त र पवित्रा उत्कृष्ट १२ मा प्रवेश गरेभने शर्मिला र प्रशान्त शोबाट बाहिरिएका छन् । उनीहरु वाईल्ड कार्डमार्फत पून शोमा भित्रिने सम्भावना पनि रहेको छ । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*