प्रशान्त र पवित्राको आवाज सुनेर निर्णायकहरु नै मख्ख

२४ असार २०७८, बिहीबार १०:५६
Featured Video Play Icon

मकवानपुर, २४ असार । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को २४ जोडीहरुको दोहोरी भिडन्त अन्तर्गत भएको अन्तिम दोहोरी भिडन्तमा प्रतियोगीहरुको आवाज सुनेर निर्णायकहरुले खुशी व्यक्त गरेका छन् । अन्तिम दोहोरी भिडन्तमा प्रशान्त तामाङ र शर्मिला थापाले पवित्रा मगर र बसन्त बिकसँग दोहोरी भिडेका थिए । यो दोहोरीमा बसन्त र पवित्राको जीत भएको थियो । उनीहरुको दोहोरी भिडन्तमा प्रशान्त र पवित्राको दोहोरी भिडन्त निक्कै रोमाञ्चक बन्यो । उनीहरुबिचको रसिक दोहोरीमा उनीहरुको दोहोरी मात्र नभई उनीहरुको सुमधुर आवाजको पनि प्रशंसा भएको थियो ।

उनीहरुको आवाजको प्रशंसा गर्दै निर्णायक रमेश बिजीले आफु प्रशान्त र पवित्राको आवाजको प्रशंसक भएको बताए । निर्णायक सिता थापाले पनि प्रशान्त र पवित्राको आवाजको खुलेर प्रशंसा गरेकी थिईन् । उनीहरुको आवाजले निर्णायकहरुलाई मात्र होईन दर्शकहरुको पनि मन जितेको छ । अहिले सामाजिक सञ्जालमा उनीहरुको आवाज र दोहोरीको प्रशंसा भईरहेको छ । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*