दोहोरीको वाईल्ड कार्डमा कुन ४ टिम आउँलान् ?

२४ असार २०७८, बिहीबार १०:४९
Featured Video Play Icon

मकवानपुर, २४ असार । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट १२ जोडीहरु छानिएसँगै उनीहरुसँग दोहोरीमा हार व्यहोरेका ४ जोडीहरु पून वाईल्ड कार्डमार्फत शोमा प्रवेश गर्दैछन् । यस विषयमा दोहोरी च्याम्पियन टिमले प्रोमो समेत सार्वजनिक गरेको छ । उत्कृष्ट १२ मा पुगेका जोडीहरुसँगै ४ जोडी वाईल्ड कार्डमार्फत भित्रिएपटि सम्भवत शोमा भोटिङ राउण्ड सुरु हुनेछ । साथै ४ जोडीहरुलाई सिधै उत्कृष्ट १६ जोडीहरुभित्र समावेश गरिने देखिएको छ । यी ४ वाईल्ड कार्ड जोडीहरुका बारेमा आउँदो शनिबार शोमा जानकारी गराईनेछ ।

दोहोरी च्याम्पियनको २४ जोडीहरुमध्ये उत्कृष्ट १२ जोडी छानिदा उनीहरुसँगै भिडेका १२ जोडीहरु शोबाट बाहिरिएका थिए । ती जोडीहरुमध्ये कतिपय जोडीहरु निक्कै कम अंकको अन्तरमा शोबाट बाहिरिएका थिए भने कतिपय जोडीहरु जित्ने निश्चित भएता पनि दोहोरी भिडन्तका क्रममा गरेका केही कमजोरीहरुका कारण बाहिरिएका थिए । तर अब भने ती हार व्यहोरेका जोडीहरुले हारेर पनि जित्ने समय आएको छ । ४ जोडीहरुले वाईल्ड कार्डमार्फत प्रवेश पाएसँगै शो अझै दमदार हुने दर्शकहरुको अनुमान छ । हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*