दोहोरी भिडन्तमा वसन्त र पवित्राको जीत

२२ असार २०७८, मंगलवार १६:२१
Featured Video Play Icon

मकवानपुर, २२ असार । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को बाह्रौँ दोहोरी भिडन्त वसन्त बिक र पवित्रा मगरको टिमले जितेको छ । १२ समूहको दोहोरी भिडन्त अन्तर्गत शनिबार भएको अन्तिम दोहोरी भिडन्तमा प्रशान्त तामाङ र शर्मिला थापाको जोडीसँग प्रतिस्पर्धा गरेका थिए । उनीहरुको प्रस्तुतिपश्चात ३ जना निर्णायकहरुले २०० पूर्णाङ्कमा उनीहरुलाई अंक प्रदान गरेका थिए । सोही अंकहरुका आधारमा वसन्त र पवित्राको टिम विजयी भएको हो । विजयी भएसँगै उनीहरु उत्कृष्ट १२ मा पुगेका छन् ।

वसन्त र पवित्राको जोडीलाई निर्णायक चन्द्र शर्माले १७० अंक, निर्णायक रमेश बिजीले अंक १६४ अंक र निर्णायक सिता थापाले १७० अंक प्रदान गरेका थिए । यसरी उनीहरुले तिनै जना निर्णायकहरुबाट गरी जम्मा ५०४ अंक प्राप्त गरेका थिए । त्यस्तै प्रशान्त र शर्मिलाको जोडीलाई निर्णायक चन्द्र शर्माले १६९ अंक, निर्णायक रमेश बिजीले १६३ अंक र निर्णायक सिता थापाले १६९ अंक प्रदान गरेका थिए । यसरी उनीहरुले चारै जना निर्णायकबाट गरी जम्मा ५०१ अंक प्राप्त गरेका थिए । प्रशान्त र शर्मिलालाई वसन्त र पवित्राले जम्मा ३ अंकले पछाडि पारेका हुन् । दोहोरी भिडन्तमा प्रशान्त र पवित्राले ‘तानसेनको मिनी बस’ भाकामा तथा वसन्त र शर्मिलाले ‘क्याम्पस पढ्न आउनी’ भाकामा दोहोरी खेलेका थिए । उनीहरुलाई दोहोरीमा प्रेम अर्याल,विष्णु मल्ल, सपना घर्ति मगर र पुजा सुनारले साथ दिएका थिए ।

दुबै दोहोरी भिडन्तमा निर्णायकहरुले चारै जना प्रतिस्पर्धी कलाकारहरुको प्रशंसा गरेका थिए । वसन्त र पवित्रा दोहोरी च्याम्पियनको उत्कृष्ट १२ मा पुगेका बाह्रौँ जोडी हुन् । उनीहरु चिनिएका गायक गायिका हुनुका साथै लाईभ दोहोरीमा पनि चर्चित छन् । बसन्त तनहुका र पवित्रा गुल्मीकी हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*