सुमधुर आवाजका आर्यन तामाङ र गोविन पुन लाईभमा

२२ असार २०७८, मंगलवार १६:०२
Featured Video Play Icon

मकवानपुर, २२ असार । चर्चित गायन रियालिटी शो ‘द भोईस अफ नेपाल सिजन ३’ को अन्तिम नकाउट राउण्डबाट उत्कृष्ट २ जना प्रतियोगीहरु लाईभ राउण्डका लागि छानिएका छन् । अन्तिम नकाउटमा कोच दिपको टिमबाट जम्मा ६ जना प्रतियोगीहरुले नकाउट भिडेका थिए । यी ६ प्रतियोगीहरुले आफ्नो सुमधुर आवाजले कोचहरुको मन जितेका थिए । कोच दिपको टिमबाट नकाउट भिडेका आर्यन तामाङ, सुनिल थापा मगर र सुजिता योञ्जनले मेलोडियस प्रस्तुति दिए । सुमधुर आवाजका धनी यी ३ प्रतियोगीहरुमध्ये आर्यनले लाईभका लागि बाजी मारेका थिए ।

त्यस्तै कोच दिपकै अन्तिम नकाउट समूहमा भिडेका गोबिन पुन, कुशल श्रेष्ठ र प्रिया गुरुङले पनि कोचहरुको मन जित्ने प्रस्तुति दिएका थिए । उनीहरुमध्ये गोबिनले लाईभका लागि बाजी मारेका थिए । यसरी नकाउटको अन्तिम एपिसोडबाट आर्यन तामाङ र गोबिन पुनले लाईभका लागि बाजी मारेका छन् भने उनीहरुसँगै भिडेका बाँकी ४ जना प्रतियोगीहरु भने शोबाट बाहिरिएका छन् । यस भिडियो सामग्रीमा द भोईस अफ नेपाल सिजन ३ को नकाउट राउण्डबाट लाईभ राउण्डका लागि छानिएका थप २ प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । द भोईस अफ नेपाल सिजन ३ को अन्य भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*